काठमाडौं । इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी सो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को फिल्ड अहिले नेपालका विभिन्न सहरमा भइरहेको छ । यसैक्रममा दमक अडिसन भोलि २० र पर्सि २१ फागुनमा इट्टाभट्टास्थित सरस्वती मध्यमिक विद्यालयमा र काठमाडौं अडिसन २७ र २८ फागुनमा ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा आयोजना हुँदै छ ।
अडिसन दिन आउँदा प्रतियोगीहरूले आफ्नो उमेर खुल्ने परिचयपत्र लिएर आउनुपर्ने बताइएको छ ।
फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरूले काठमाडौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन् । साथै, विदेशबाट सहभागी हुन चाहनेले ‘माई इन्ट्रा एप’ डाउनलोड गरेर रजिस्टर गर्न सक्छन् । डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरूले पनि अनिवार्य रूपमा फिल्ड अडिसनमा सहभागी जनाउनुपर्ने बताइएको छ । त्यसबाहेक ‘मेरो डान्स युनिभर्स’को सांस्कृतिक समूह विधामा सहभागी हुन चाहनेले पनि एपमार्फत अडिसन दिएर फिल्ड अडिसनमा उपस्थित हुनैपर्ने बताइएको छ ।






