गायक ताम्राकारको निधन

खोटाङ । खोटाङका गायक आशिष ताम्राकारको निधन भएको छ । कलेजो, मिर्गौला लगायतको समस्यबाट पीडित गायक ताम्राकारको शिक्षण अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो ।

दुई तीन हप्तादेखि बिरामी बनेका ताम्राकारलाई केही समय अल्कामा उपचार गरेर टिचिङ अस्पताल लगिएको थियो । २०३५ साल जेठ ७ गते जन्मिएका गायक ताम्राकारका आखिर, प्रेमपत्र लगायतका एल्बम प्रकाशित छन् । उनका ‘प्रेमपत्र लेख्दै पातपातमा, मलाई पनि सँगै लैजाउ, एक्लै रुनु कति रुनु, बिहानीको घाम हौ कि’ लगायतका दर्जनौं गीत चर्चित छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल घर भएका ताम्राकार काठ्माठौं सिनामंगलमा परिवार सहित बस्दै आएका थिए । उनका श्रीमती र दुई छोरी छन् । ताम्राकारको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छिमेकी राजेन्द्र लयालुले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 704 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवाले भने, गठबन्धन टुट्दैन, रेणु दाहाललाई भोट दिनुहोस्