Friday, June 18, 2021
Home Breaking News चीनबाट फर्काइने नेपालीलाई राख्न खरिपाटीमा दुईवटा भवन खाली गराइयो, स्थानीयवासीको विरोध

चीनबाट फर्काइने नेपालीलाई राख्न खरिपाटीमा दुईवटा भवन खाली गराइयो, स्थानीयवासीको विरोध

,

भक्तपुर । चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुई वटा भवन खाली गराएको छ ।

प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराएको हो । त्यस्तै चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्न क्वारेन्टाइनका दुई भवन खाली गराएको नेपाल विद्युत् प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीले जानकारी दिए ।

होस्टेलको तल्लो भवनको सम्पूर्ण सामान प्राधिकरणको माथिल्लो प्रशासनिक भवनमा सारिएको र वातावरण विभाग भवनको सामान पनि सारिएको उनले जानकारी दिए । भवन खाली गराउन होस्टेलमा रहेका बिरामीलाई फर्काइएको र दुवै भवनका सबै सामान झिकेर माथिल्लो प्रशासनिक भवनमा सारिएको छ ।

नेपाली सेनाको प्राविधिक, स्वास्थ्य मन्त्रालयलगायत टोलीले अध्ययन गरी उक्त ठाउँको छनौट गर्दै प्रतिवेदन बुझाएपछि सरकारले भक्तपुरको खरिपाटीस्थित प्राधिकरणमा आइसोलेशन वार्डका रुपमा क्वारेन्टाइन राख्ने निर्णय गरेको बताइएको छ ।

टोलीले अध्ययनका क्रममा १२४ जनालाई यहाँ राख्न सकिने जानकारी गराउँदै ठाउँ खाली गराएको प्राधिकरणले जनाएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सवीन प्रधानलगायत सुरक्षा निकायको टोलीले हिजो शुक्रबार उक्त स्थानको अवस्था र तयारीको बारेमा अवलोकन गरी जानकारी लिएको कर्मचारीले बताएका छन् ।

टोलीले यो ठाउँको छनौट गर्दा स्वास्थ्य मन्त्रालयबाट आएका कर्मचारीले चीनबाट फर्काउन लागिएका नेपालीलाई राख्न आइसोलेशन मात्रै भएकाले माथिल्लो भवनमा कर्मचारीले काम गर्न सक्ने जानकारी गराएको बताउँदै सहनिर्देशक ओलीले सरकारको यो निर्णयसंगै यहाँका कर्मचारीमा त्रास फैलिएको बताए ।

कर्मचारीमा त्रास फैलिएकाले त्यस क्षेत्रमा बसेर काम गर्न सक्ने वातावरण नभएको भन्दै कर्मचारीलाई कहाँ लैजाने भन्ने निर्णय नभएको बताइएको छ । प्राधिकरणभित्र अहिले विभिन्न २६ वटा विभाग एवं कार्यालय रहेको र सबै विभाग बन्द गर्नुपर्ने अवस्था आएको बताइएको छ ।

खरिपाटीमा क्वारेन्टराइन राख्ने सरकारको निर्णयसँगै स्थानीयवासीले चर्को विरोध गर्दै आएका छन् । स्थानीयवासीले यो ठाउँमा क्वारेन्टाइन राख्न नदिने भन्दै दैनिक आन्दोलन गर्दै आएका छन् । चाँगुनारायण नगरपालिकामार्फत सरकारलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

चाँगुनारायण नगरपालिकाको छैठौ नगरसभाले चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै विकल्प खोज्न आग्रह गरेको चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । उनले चीनबाट फर्काइएका नेपालीका लागि खरिपाटीमा क्वारेन्टाइन राख्ने सरकारको निर्णय कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको नगरसभाले ठहर गर्दै त्यसको विकल्प खोज्न आग्रह गरेको उनले जानकारी दिए । चाँगुनारायणको केन्द्र र बस्तीको बीचमा रहेको यो क्षेत्र कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको भन्दै यो क्षेत्रमा क्वारेन्टाइन राख्दा स्थानीयवासीबाट आउने अवरोध र सङ्कटलाई मध्यनजर गर्दै सरकारलाई अन्यत्र विकल्प खोज्न आग्रह गरेको उनको भनाइ थियो ।

चाँगुनारायण नगरपालिका–८ का वडाध्यक्ष परासर सापकोटा, वडा नं २ का अध्यक्ष शिवहरि केसी, वडा नं ३ का अध्यक्ष श्यामसुन्दर धिमाल, वडा नं ४ का वडाध्यक्ष बुद्धिलाल महर्जनले चीनबाट फर्काइएका नेपाली खरिपाटीमा राख्ने निर्णयले आमनागरिकमा त्रास र क्रोध जन्माएको बताउँदै बस्तीको बीचमा क्वारेन्टाइन राख्नु कुनै पनि हालतमा उपयुक्त नभएको बताए ।

बस्तीभन्दा दुई किलोमिटर टाढा क्वारेन्टाइन राख्नुपर्ने अन्तरराष्ट्रिय मान्यतालाई सरकारले मिच्दै बस्तीको बीचमा चीनबाट फर्काइएका नेपाली राख्न खोजेको भन्दै उनीहरुले विरोध गरेका हुन् । वडा नं ९ का वडा सदस्य कमला गिरीले चीनबाट फर्काइएका नेपालीलाई घनावस्तीको बिचमा राख्ने सरकारको निर्णयले स्थानीय बासिन्दादेखि पर्यटकीय क्षेत्रलाई असर पर्ने भन्दै सच्याउन माग गरे ।

यसअघि नेपाली काँग्रेसले सरकारको यो निर्णयको विरोध गर्दै आन्दोलन र धर्ना दिएको छ भने नेकपा, नेमकिपा र राप्रपा संयुक्तले पनि खरिपाटीमा क्वारेन्टाइन राख्नै नदिने भन्दै विरोध गरेका छन् । यता सूर्यविनायक वीर दल गणमा पनि क्वारेन्टाइन राख्ने भनिए पनि त्यसबारेमा कुनै जानकारी नआएको र राख्ने ठाउँ नभएको नेपाली सेना वीर दल गणले जनाएको छ ।

(Visited 95 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाएका छन् । आजको प्रदेशसभा बैठकमा उनले विश्वासको मत पाएको सभामुख नेत्रनाथ अधिकारीले...

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

  घाेराही ।  घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । गत २९ जेठमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त...

वर्षेनी बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा

  इटहरी । झन्डै चार बर्षअघि विनासकारी बाढीबाट इटहरीमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्री कार्यालयको लगातार समन्वय

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सकारका विभिन्न निकायको सक्रियतासँगै कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न देशहरूबाट सहयोग आउने क्रम जारी...

मनाङमा बाढी : सदरमुकाममा तीन घर र एक सरकारी कार्यालय बगायो

  लमजुङ । सोमबार साँझदेखि परेको अविरल वर्षाले मनाङ जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । सदरमुकाममा तीन घर र एक सरकारी कार्यालय बगाएको छ भने,...

राष्ट्रिय आवश्यकताको पहिचान

विपन्न मात्र होइन, समृद्धशाली राष्ट्रका पनि आफ्नै समस्या हुन्छन् । विश्वमा त्यस्तो कुनै मुलुक छैन जो समस्यामुक्त छ । हाम्रोजस्तो अल्पविकसित मुलुकमा यत्रतत्र सर्वत्र...

निषेधाज्ञा खुकुलो भएसँगै बैंकहरूको कोटा प्रणाली हट्यो

काठमाडौं । मंगलबारदेखि लागू हुनेगरी काठमाडांै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आगामी ७ असारसम्म जारी निषेधाज्ञा केही खुकुलो बनाएसँगै बैंकहरूको कोटा प्रणाली पनि हटेको...

नारायणी नदी इतिहासकै उच्च विन्दुमा

भरतपुर । नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो ।...

ट्रेन्डिङ

साउने सङ्क्रान्तिमा कर्णालीमा बिदा

सुर्खेत । प्रदेश सरकाले साउने सङ्क्रान्तिको अवसरमा भोलि अर्थात् साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले...

चौधरी ग्रुपको नवलपरासीस्थित बियर फ्याक्ट्रीमा भीषण आगलागी

काठमाडौं । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योग ग्राममा आगलागी भइरहेको छ । आज विहान करिब साढे ८ बजेदेखि आगो लागेको...

प्रतिनिधिसभा विघटन विरूद्धकाे प्रदर्शनमा सहभागी हुन देउवाकाे अपिल

काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध यही पुस १३ गते कांग्रेसले आयोजना गरेको...

ओझेलमा सयौं फैसला

काठमाडौं । सर्वोच्च, उच्च र जिल्ला अदालतले गरेका हजारौं मुद्दा अझै कार्यान्वयनमा आउन सकेका छैनन् । कार्यान्वयन आउन नसक्दा फैसला कागजको खोस्टा बन्ने खतरा...

पनौतीमा गोली चल्यो, तीन प्रहरी घाईते

काभेपलाञ्चोक । काभेपलाञ्चोक  जिल्लाको पनौतीमा टिपरले ठक्कर दिएर मृत्यु भएको विषयलाई लिएर पनौती, बसपार्क क्षेत्र तनावग्रस्त भएको छ । प्रहरीले स्थानीयहरुको भिडलाई नियन्त्रणमा...

मखनलाई जी मोटर्सको साथ

काठमाडौं । मखन चेस क्लबले आयोजना गर्ने बुद्धिचाल प्रतियोगिताका लागि नेपालमा रेनो ब्रान्डको कारको आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले प्रायोजन गर्ने भएको छ । क्लबका...

२५ हजार धराैटीमा रिहा भए विप्लवका दाजु

काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर थुनामुक्त भएका छन्। जिल्ला अदालत नवलपरासीको आदेशमा उनलाई कारागारमुक्त गरिएको चितवन कारागारका प्रमुख कमलप्रसाद...

हनुमन्ते नदी शहर पस्याे, भक्तपुर र सूर्यविनायकका बस्ती डुबानमा

भक्तपुर ।  दुई दिनदेखि परेको अविरल वर्षाका कारण हनुमन्ते नदी र अन्य साना खोलामा आएको बाढीले भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका बस्ती डुबानमा परेका...

कोरोना संक्रमणले डीएसपी केसीको निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमणले प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार केसीको निधन भएको छ । महानगरी प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी केसीको नेपाल प्रहरी...

सामुदायिक वनको २५ वर्षे उपलब्धि

महासंघ स्थापनाको २५ वर्षमा नेपालको राष्ट्रिय परिवेशमा पनि आमूल परिवर्तन भएको छ । वन विनाशको चपेटामा परी मरुभूमि हुन्छ भनेको देश सामुदायिक वनकै कारणले...

कालिकोटमा एकै वडाका २० जनामा कोरोना संक्रमण

कालिकोट । कालिकोटमा थप कोरोनाका २० संक्रमित फेला परेका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण फेला परेको हो...

राति ओडारको क्वारेन्टाइनमा, दिनभर घरको काममा

जाजरकाेट ।  भेरी नगरपालिका–१ पिपेका हरिबहादुर पुन अहिले दैनिक मकै रोप्नका लागि आफ्नो गोठमा उत्पादन भएको मल बोकिरहेका छन् । उनी हप्ता दिनअघि नुवाकोटबाट...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)