Tuesday, April 7, 2020
Home बिचार सावधानी नै कोरोनाविरुद्धको जित

सावधानी नै कोरोनाविरुद्धको जित

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमसँग सामना गर्ने उद्देश्यले सरकारले मंगलबारदेखि मुलुकभर एक साताका लागि लकडाउन गरेर थप होसियारी अपनाएको छ । सरकारले एकपछि अर्को निर्णय गरेर कोरोना भाइरसविरुद्धको सम्भावित लडाइँलाई मजबुतसमेत बनाएको छ । आमजनताले सरकारले गरेको लकडाउनलाई मनैदेखि आत्मसात् गर्न जरुरी छ । सरकारले निकै सोचविचार गरेर लकडाउन गरेकाले सबै पक्षले एकीकृत भएर यसलाई सफल पार्न जरुरी छ । लकडाउन गर्ने क्रममा सरकारले नागरिकलाई मानसिक रूपमा सुरक्षित बनाउन सक्नुपर्छ । दैनिक उपभोग्य वस्तुको आपूर्तिमा विशेष ध्यान पु¥याउनुपर्छ । ती वस्तुको कुनै प्रकारको अभाव हुन दिनुहुँदैन । नागरिक पनि भीडभाडसहित एकैपटक दैनिक उपभोग्यका वस्तु किन्न जानुहुँदैन ।

कोरोना भाइरस संक्रमणले सिंगो विश्वलाई नै त्राहित्राहि बनाएको छ । यस्तो अवस्थामा कसैले मूर्खतापूर्ण व्यवहार देखाउनुहुँदैन । महामारीका रूपमा फैलिएको कोरोन संक्रमणसँग शारीरिक रूपमा प्रतिरोध गर्न सकिँदैन । यसबाट बच्ने मुख्य उपाय भनेकै सतर्क र सावधानी हो । नेपालमा दुई जनामा कोरोना भाइरस संक्रमण देखिए पनि एक जनालाई सन्चो भइसकेको छ । संक्रमित एक युवती पनि निको हुने क्रममा छिन् । यसकारण, कोरोना संक्रमण हुनासाथ मरिने भय कसैले लिनुहुँदैन । आत्मबल उच्च बनाउने हो भने आत्मबलकै कारण कैयौं संक्रमण र रोगसँग सहजै जुध्न सकिन्छ । यसबेला सबै नेपाली उच्च मनोबल बनाएर घरमै बस्नुपर्छ ।

कोरोना भाइरसले नेपालमा पनि महामारीको रूप लिन सक्ने सम्भावनालाई मध्यनजर गरी सबै जना त्यस्तो अवस्था आउन नदिन विशेष चनाखो र सतर्क हुनुपर्छ । कोरोनाको महामारी फैलिन दिने वा नदिने भन्ने विषय नागरिककै हातमा छ । हामीले विशेष सतर्कता अपनाएर अन्य व्यक्तिसँगको घुलमिल बन्द गर्न सक्यौं र सरसफाइमा ध्यान दिन सक्यौं भने महामारीबाट मुलुकलाई सहजै बचाउन सकिन्छ । सरकारले अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गरिसकेकाले अब संक्रमण फैलिएको देशबाट यहाँ भाइरस आउन सक्ने सम्भावना छैन । तर, भारततर्फको नाका बन्द गरिँदा पनि मानिस नेपाल भित्रिने क्रम घटेको छैन । भारतमा संक्रमणको दर अत्यधिक रूपमा बढ्दो अवस्थामा छ । भारतीय विज्ञहरूले भारतमा भयावह अवस्था आउन सक्ने चेतावनी दिँदै आएका छन् । यसकारण, सरकारले भारतीय नाकालाई केही समयका लागि ठप्प नै पार्नुपर्छ । यसका लागि भारतीय नाकामा सुरक्षाकर्मीको संख्या बढाउनुपर्छ । संकट पर्दा नेपालका सबै राजनीतिक दल र जनता एकजुट हुने विशेष कौशल हामीसँग छ । संकटका बेला सबै राजनीतिक दलमा अद्भुत एकता देखिएको छ । सम्भवतः राजनीतिक दल र जनताबीचमा देखिएको यो एकतालाई आगामी दिनमा मुलुकको विकास र समृद्धिमा लगाउन सक्नुपर्छ । यो राष्ट्रका लागि सुनौलो अवसर हो । हामी सकारात्मक सोचसहित मुलुकको विकासमा लाग्नुपर्छ ।

(Visited 39 times, 1 visits today)
Loading comments...

HAMRO PATRO

प्रमुख

कोरोनाको कहर यता पनि : ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकियो

भक्तपुर । विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको छ ।...

कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको...

एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षा सामग्री

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा सञ्चालन हुने एम्बुलेन्स चालकहरुका लागि निःशुल्क रुपमा व्यक्तिगत सुरक्षा स्वास्थ्य सामग्री हस्तान्तरण...

लकडाउन अवधिभर पुरानै सवारी पास मान्य हुने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौले यस अघि जारी गरेको सवारी पासलाई नै लक डाउन अवधिभर मान्यता दिने निर्णय गरेको छ...

भर्खरै

आमाको मृत्यु भएको भनी पास लिएपछि…..

काठमाडौं । आफूलाई जन्म दिने बुबाआमाको विषयमा हत्तपत्त जो कोहीले झुठो बोल्दैनन् । त्यही बुबाआमालाई ढाल बनाएर झुटा विवरण पेश गरी फाइदा...

आइसोलेशन वार्डबाट भागेकी कोरोना आशंकित महिला प्रहरी नियन्त्रणमा

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशनबाट फरार भएकी महिलालाई प्रहरीले धनुषाको सपहीबाट नियन्त्रणमा लिएको छ । ...

कोरोनाको कहर यता पनि : ऐतिहासिक बिस्केट जात्रा पहिलो पटक रोकियो

भक्तपुर । विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको छ ।...

भारतमा कोरोनाबाट मङ्गलबार बिहानसम्म ११४ को मृत्यु

एएनआई । भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । मङ्गलबार बिहानसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या ११४...

धेरै पढिएका

ई-पेपर

(Visited 25 times, 1 visits today)