ह्याकरको बढ्दो खतरा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक ट्वीटर ह्यान्डल बुधबारदेखि ह्याक भएको र बिहीबार उनीहरूको पन्जाबाट मुक्त गरिएको बताइएको छ । ‘१५ मार्च बेलुकीदेखि ह्यान्डलमा अनाधिकृत रूपमा प्रवेश गरी असम्बन्धित ट्वीटर गरिएको घटनाबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं,’ बिहीबार प्रधानमन्त्री सचिवालयले उल्लेख गरेको छ । ट्वीटर हान्डलमा सुरक्षाका सबै उपाय अवलम्बन भएको भए पनि ह्याक भएको र यस विषयमा अनुसन्धान भइरहेको सचिवालयले जनाएको छ ।

साइबर अपराधका बढ्दो केस र ह्याकरको बढ्दो खतराबाट उम्कन गाह्रो देखिन्छ । नेपाल सरकारले त्यो दुस्प्रयासविरुद्ध तुरुन्तै एक्सन लियो र खाता पहुँचमा पुनः प्राप्त गरेको थियो ।

प्रधानमन्त्रीको एकाउन्ट ह्याक गरेपछि ह्याकर्सले उनको ट्वीटर एकान्उन्टबाट डिजिटल करेन्सीको प्रमोट गर्ने सामग्री ट्वीट गरेको थियो । पीएम नेपालको ट्वीटर एकाउन्टमा दाहालको प्रोफाइको स्थानमा बीएलयूआर एकाउन्ट देखिएको थियो । ब्लर प्रोड टेडर्सका लागि नन्न फन्जिबल टोकन मार्केट प्लेस हो ।

ट्वीटर एकाउन्टमा एनएफटीको विषयमा एक ट्वीटको पिन गरिएको छ । एकाउन्टमा ६९०.१ के फलोअर्स छन् । एकाउन्ट रिस्टोर गरिएको सचिवालयले जानकारी गरेको हो । डिजिटल करेन्सी युजर्सले पछिल्लो समय धेरै एकाउन्ट ह्याक गरेका छन् । भारतमा पनि पछिल्लो समय क्रिप्टोकरेन्सको प्रचारका लागि चर्चित एकाउन्ट ह्याक हुने गरेको समाचार एजेन्सीले जनाएका छन् । यसअघि २०७६ साल पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर एकाउन्ट पनि नियन्त्रणबाहिर गएको थियो ।

उनको एकाउन्टमा भारतीय कांग्रेसकी तत्कालीन अध्यक्ष सोनिया गान्धीको ट्वीटरको भिडियो एकाएक रि ट्वीट भएको थियो । त्यतिबेला प्रधानमन्त्रीको ट्वीटर पासवर्डको दुरुपयोग भएको बताइएको थियो । त्यतिबेला ओलीको ट्वीटरमा ५ लाख ११ हजार फलोअर थिए । ओलीको आधिकारिक आईडीबाट सोनिया गान्धीको नागरिकता विधेयकका सम्बन्धमा सार्वजनिक गरेको एक भिडियो सन्देश रि ट्वीट भएपछि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत चर्चा भएको थियो । जतिबेला नागरिकता ऐन संशोधनले भारतमा आन्दोलन चलेको थियो ।

२०७८ मंसिरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर एकाउन्ट ह्याक गर्ने प्रयास भएको समाचार सार्वजनिक भएको थिए । ट्वीटर ह्यान्डल तोडमोड गर्ने प्रयास भएको बताइएको प्रधानमन्त्री कार्यालयले नै जनाएको थियो । ह्याकरले विट क्वाइन भारतमा वैध गरिएको भन्ने प्रचार सामग्री प्रधानमन्त्रीको एकान्टमा ह्याकरले राखेका थिए ।

सामान्य ह्याक होइन : विज्ञ
प्रधानमन्त्री दाहालको ट्वीटर ह्याक सामान्य मात्र नभएको साइबर सुरक्षा विज्ञ तथा भैरव टेक्नोलोजी सेक्युरिटीका सीईओ विजय लिम्बु बताउँछन् । दुई कारक प्रमाणीकरण गरेर ट्वीटर एकाउन्टलाई बलियो बनाइँदा पनि प्रधानमन्त्रीको ट्वीटर ह्याक भएकाले उनी यो सामान्य फिसिङ एट्याक मात्र नभएको बताउँछन् । ‘यसले के देखाउँछ भने प्रधानमन्त्री सचिवालयमा कम्प्युटर नेटवर्क नै ह्याक भएको हुन सक्छ,’ उनले भने । उनले साइबर सुरक्षासम्बन्धी बलियो कानुन हुनुपर्ने बताउँदै उनले भने, ‘अब साइबर सुरक्षाका विषयमा बलियो आधार बनाउनेबेला भइसकेको छ,’ सोसल मिडियो एकाउन्ट बलियो बनाएर मात्र नहुने बताए । उनले साइबर सुरक्षा अडिटको विषयमा समेत सरकारको ध्यान जानुपर्ने बताए ।

सरकारी सर्भरमा साइबर थ्रेट कति
राष्ट्रिय सूचना प्रविधि केन्द्रअन्तर्गत रहेको सरकारको मुख्य डाटा सेन्टरको साइबर थ्रेट कति भन्ने विषयमा समय समयमा साइबर सुरक्षा अडिट गर्नुपर्ने देखिन्छ । सरकारी सर्भर डाउन र स्लो पनि हुने गर्छ । तथ्यांकको पाइरेसी, ह्याकिङ, भाइरस, फिसिङ, मालवेयरजस्ता थ्रेटका विषयमा सचेत हुनुपर्ने अवस्था रहेको छ । गत माघमा पनि सरकारको सबै वेभसाइड डाउन भएका थिए । सूचना प्रविधि प्रणालीमा अनधिकृत पहुँच स्थापित गर्न साइबर आक्रमणको प्रयास भएको बताइएको थियो ।

मालेखा परीक्षकको कार्यालयले सूचना प्रविधिको लेखा परीक्षण प्रतिवेदन २०७८ मा डाटा सेन्टर सुरक्षित र भरपर्दाे छ भनी आश्वस्त हुने आधार नरहेको उल्लेख गरेको छ । सरकारको गोप्य सूचना भण्डारण हुने डेटा सेन्टरको गुणस्तर परीक्षणसमेत गरेर विश्वस्त हुने वातावरण सिर्जना गर्नेबेला भएको छ । हेटौंडामा रहेको डिजास्टर रिकभरी केन्द्रमा ९ असोजमा आगलागीसमेत भएको थियो । केन्द्रमा दक्ष जनशक्तिको अभावसमेत देखिएकाले यसतर्फ पनि सरकारको विशेष ध्यान जानुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देशमा केही भएको छैन, केही हुँदैन भन्ने भाष्य गलतः प्रधानमन्त्री

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीमा ३९ पालिकाको नतिजा सार्वजनिक (सूची सहित)