कोरोना कोषमा कांग्रेसको ५० लाख

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारले घोषणा गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका तर्फबाट कोषमा ५० लाख सहयोग गर्ने घोषणा गरेका हुन् । यसैगरी कांग्रेसका तर्फबाट संघीय संसद्मा सांसद रहेकाहरूले समेत एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।

‘यस्तो परिस्थितिमा को सरकार को प्रतिपक्ष भन्ने अवस्था रहेन, पार्टीको कोषबाट सरकारले निर्माण गरेको कोषमा पार्टीका तर्फबाट एकमुस्ट ५० लाख जम्मा गर्ने निर्णय भएको छ,’ प्रवक्ता शर्माले राजधानीसँग भने ।

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले समेत कोषमा पार्टीका तर्फबाट संघीय संसद्मा सांसद रहेकाले एक महिनाको तलब सहयोग गर्ने जानकारी दिए । कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमणलाई फैलन नदिन तथा सम्भावित जोखिम नियन्त्रणका लागि सो रकम प्रदान गरिएको खाँडले जानकारी दिए । सरकारका तर्फबाट कोषमा ५० करोड जम्मा गर्ने र सरकारी कर्मचारीको एक महिनाको तलब काटेर जम्मा गरिने घोषणा गरिएको थियो । सरकारको सो निर्णयपछि कोषमा सहयोग रकम जम्मा हुने क्रम जारी छ ।

कांग्रेसले लकडाउन जायज भएको र अवधि सात दिनबाट लम्बिन सक्ने भन्दै विपन्न, विद्यार्थी र बेरोजगारका लागि विशेष राहत प्याकेज ल्याउनसमेत सरकारसँग आग्रह गरेको छ । कांग्रेसले क्वारेन्टाइन र आइसोलेसनमा लापर्बाहीको स्थिति बन्न नदिनसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।

‘सरकारले चुनौतीपूर्ण आर्थिक जीवन भोगिरहेको वर्गका लागि यथाशीघ्र विशेष राहतको प्याकेज निर्माण गरेर कार्यान्वयनको प्रक्रिया सुनिश्चित गर्न तत्काल ध्यान पु¥याउनुपर्छ,’ कांग्रेसद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसैगरी, जिल्लाहरूबाट परीक्षणका लागि नमुना केन्द्रमै पठाउनुपर्ने अवस्था अन्त्य गर्न र कम्तीमा ७ प्रदेशको ७ ठाउँमा वैकल्पिक प्रयोगशाला प्रबन्ध गरेर परीक्षण सहज बनाउन, व्यवसायीको बैंकिङ ब्याज घटाउन र किस्ता तिर्ने समयावधि लम्ब्याउन माग समेत कांग्रेसले सरकारसँग माग गरेको छ ।

कांग्रेसले विषम परिस्थितिमा सम्पूर्ण नेपाली एकजुट भई धैर्यताका साथ चुनौतीको सामना गर्न सबैमा अपिलसमेत गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खोटाङ रावाबेँसीका वपन्न ज्येष्ठ नागरिकलाई सिरक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनमा सहमति हुन सकेन, कैलालीमा सवै दलको उम्मेदवारी दर्ता