समीक्षा अधिकारीको ‘डाँडै पिपल’

काठमाडौं। गायिका समीक्षा अधिकारी र गायक झलक पुनको ‘डाँडै पिपल’ बोलको गीतको भिडियो सार्वजनिक गरिएकाे छ ।  गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको  डाँडै पिपलमा एरेन्ज नरेन्द्र बियोगीले गरेका हुन् ।

मौसम हिमालीको निर्देशन रहेको भिडियोमा  मोडलद्वय सुधिर श्रेष्ठ र आरुषी मगरको अभिनय छ । लोकशैलीको रोमान्टिक गीतमा एक जोडीको सफल प्रेम कहानीलाई देखाइएको छ । जसमा सुधिर र आरुषी गज्जबसँग खुलेका छन् । 

म्याग्दीको बरंजामा जन्मे हुर्केका गायक झलकले चौबन्दी चोली बोलको गीतबाट गायन यात्रा सुरु गरेका हुन् । अध्ययनको शिलशिलामा  काठमाडौँ आएर अध्ययनसँगसँगै गीत संगीतमा पनि लागेका झलक हाल अष्ट्रेलियामा छन् ।

उनका मगरको छोरो सालैजो भाका, झरी परेको त्यो दिन पप, लगायत अन्य गीतका भिडियोहरु बजारमा आइसकेका छन् । सार्वजनिक डाँडै पिपलमा नवराज उप्रेती छायांकन, नबिन घर्तीमगरको सम्पादन रहेको सार्वजनिक गीतको भिडियो झलक पुन युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 132 times, 3 visits today)

Ads Space Available

epaper

भर्खरै

जीवन रूपान्तरण गर्न पढौं, यी हुन् पढ्नैपर्ने १० पुस्तक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
चन्द्रपुर नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका काफ्ले र उप प्रमुखमा चौधरी बिजयी