Sunday, June 13, 2021
Home प्रदेश प्रदेश ६ शहर सुनसान,गाउँघरमा चहलपहल

शहर सुनसान,गाउँघरमा चहलपहल

,

दैलेख । विश्वभरि महामारीको रुप लिएको ‘कोभिड –१९’ ले दैलेख जिल्ला सरमुकामलगायत अन्य बजार सुनसान छन भने गाउँघरमा चहलपहल बढदै गएको छ । शहर देखी भारत वा तेस्रोमुलुकबाट गाउँमा मानिस फर्किएपछि शहर सुनसान र गाउँतिर चहलपहल बढेको हो । विदेशबाट फर्किएकालाई स्वास्थ्य चेक जाँच गरि १४ दिन सम्म क्वारेन्टाईनमा राख्ने व्यवस्थाले शहर सुरक्षित छ भने गाउँघरमा ‘हेल्थ डेस्क’ वा क्वारेन्टाईन नहुँदा जोखिम बढदै स्थानीय बुद्धिजिवी बताउँछन् ।

जिल्लाका ११ वटा स्थानीय तहमध्ये आठविस नगरपालिका,नौमुले गाउँपालिका र गुराँस गाउँपालिकामा भवतीमाई गाउँपालिका र दुल्लू नगरपालिका आईसोलेसन बेड तयार पारिएको छ भने अन्य गाउँपालिका नत क्वारेन्टाईन वेड तयार न त आईसोलेन वेड न । ती गाउँपालिका र नगरपालिकामा आईसोलेन वेड र क्वारेन्टाईन नहुँदा विदेशबाट फर्किएका मानिस निर्धक्क गाउँघरमा जाने गरेका छन् । हेल्थ जाँच नै गाउँघरमा जानाले रोग फैलिन त्रास बढेको ठाटीकाँध १ नामबहादुर शाहीले बताए । गाउँपालिकाले हेल्थ डेस्क आईसोलेन वेड र क्वारेन्टाईन नबनाउदा भारत वा तेस्रो मुलुकमा फर्किएका मानिस निर्धक्क घर आएका छन,यसले जनतामा त्रास फैलाएको छ । क्वारेन्टाईन बनाउन गाउँपालिका उदासिन बनेको शाहीको आरोप छ ।

हेल्थ डेस्क नहुँदा ती गाउँ वा नगरपालिकामा तेस्रो मुलुक वा भारतबाट घर फर्किएका स्थानीयबासी स्वास्थ्य चेक जाँच नगरेर निर्धक्क घर जाने गरेकाले ग्रामिण बस्ती असुरक्षित बन्दै गएका हुन् । हेल्थ डेस्क भएका गाउँ वा नगरपालिकामा क्वारेन्टाईन नहुँदा नाकामा मात्र स्वास्थ्य चेक जाँच गर्ने हुँदा त्यसपछि ती मानिस पनि गाउँमै जाने आठविस नगरपालिकाका चन्द्रबहादुर शाहीले बताए । “हेल्थ डेस्क राकममा छ । त्यहाँ भन्दा सात्तला,टुनीवगर,सिगौडी घर भएका मानिस स्वास्थ चेक जाँच नगरेर घर लाग्छन । गाउँमा आएकालाई क्वारेन्टाईन छैन । क्वारेन्टाईन नहुँदा घरमै बस्नुपर्ने बाध्यता छ । त्यसैले गर्दा शहर भन्दा गाउँघर असुरक्षित बन्दै गएका हुन् ।”

प्राथमिक स्वास्थ्य केन्द्र ठाटीकाँधमा स्वास्थ्यकर्मीको अभाव रहेको छ । डाक्टर दरबन्दी भए पनि ५ महिनादेखी प्राथमिक स्वास्थ्य केन्द्र अहेवका भरमा सञ्चालन भईरहेको छ । पश्चिमका दूई नगरपालिका र एक गाउँपालिका लाई लक्षित गरि बनाएको स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा सुर्खेत नेपालगञ्ज उपचार गर्न जानुपर्ने बाध्यता रहेको ठाटीकाँध गाउँपालिका दिपेन्द्र बमले बताए । गाउँमा भारतबाट फर्किनेको लर्को लागेर आएका छन् । स्वास्थ्य केन्द्रमा डाक्टर छैनन् । गाउँपालिकाले कोरोना बारे जचेतना जगाउने काम गरेको छैन । सुचना जारी मात्र गरेको छ । गाउँ गाउँमा जनचेतना कोरोना विरुद्ध जनचेतना फैलाउनु पर्ने थियो, बमले भने ।

त्यसैगरि कोभिड १९ को संक्रमणबाट बच्नको लागि चामुण्डा विन्द्रासैनी नगरपालिकाले घरदैलो अभियान गरि स्थानीयबासीमा जनचेतना जगाएको छ भने कर्णाली राजमार्गको साँगेतडा बजार मध्यपहाडी राजमार्गको पादुकामा बुधवार भित्र हेल्थ डेस्क राखिने नगरप्रमुख सुर्यबहादुर शाहीले जानकारी दिए । हामीले गाउँ र टोलमा कुनै समान चलाएपछि सावुन पानीले हात धोएर मात्र त्यसैगरि भैरवी गाउँपालिकाले छिमेकी राष्ट्रमा वा तेस्रो मुलुकमा समेत कोरोना भाईरसले मानिसको मृत्यु भएकोले त्यहाँबाट घर फर्किनमा पनि ‘कोभिड –१९’ हुन सक्ने आशंकाले जोखिम बढेको बताए ।

संक्रमणलाई फैलिन नदिनको लागि तेस्रो मुलुक वा भारतबाट घर फर्किएकालाई १४ दिनसम्म क्वारेन्टाईन राख्ने निर्णय गरेको भैरवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले बताए । सोमबार बसेको विपद् व्यवस्थापन समितिको वैठककले सो निर्णय गरेको हो । उनले भने, भारतबाट आउनेलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने र स्वास्थ्य जाँच पछि मात्रै घर जान दिने निर्णय भएको छ । भारत तथा तेस्रो मुलुकबाट गाउँपालिकामा आउने स्थानीय नागरिक तथा विदेशी नागरिकहरुलाई स्वास्थ्य चेकजाँचका लागि राख्न पञ्चदेवल मावि रावतकोट र गौरी मावी बाँलेकाँडामा क्वारेन्टाइन निर्माण गर्ने तयारी गरिएको छ ।

भैरवीले स्वास्थ्य चेकजाँचका लागि भिरखेत र चगत्रा बजारमा ‘हेल्थ डेक्स’ सञ्चालन गर्ने भएको छ । भारत लगाएत तेस्रो मुलुकबाट गाउँपालिकामा आउनेहरुको नाम, ठेगाना, आएको स्थान लगायतको विवरण वडा सचिव मार्फत संकलन गर्ने गाउँपालिकाले जनाएको छ ।

दुल्लू नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले दुल्लू अस्पताल र विनायकमा क्वारेन्टाईन बनाउने जानकारी दिए । हामीले सबै वडाअध्यक्षलाई भारत वा विदेशबाट फर्किएका लगत संकलन गर्ने काम गरेका छौ । ती सबैलाई स्वास्थ्यक चेक जाँच स्वास्थ्य कर्मी घरदैलो अभियानामा खटाउने छौं उनले भने ।

जिल्ला विपद व्यवस्थापन समितिले भारत वा तेस्रो मुलुकबाट घर फर्केका लागि नारायण क्याम्पसमा १०० शैंयाके क्वारेन्टाईन बनाउने निर्णय गरेको छ भने जिल्ला अस्पताल दैलेखमा १५ शैंयाको दुल्लू नगरपालिकामा ५ शैया, महाबु गाउँपालिका ५ शैया र भगवतीमाई गाउँपालिकामा ५ शैंया आईसोलेसन वेड तयार पारिएको छ । जिल्लामा औषधी र स्वास्थ्यकर्मीको अभाव नरहेको प्रमुख जिल्ला अधिकारी युवराज कटेलेले बताए । विदेशबाट वा तेसो मुलकबाट फर्किएकालाई १४ दिनसम्म क्वारेन्टाईनमा राखी स्वास्थ्य चेक जाँच राम्रो देखिए मात्र घर पठाउने छौं । उनले भने, ‘जिल्लामा सदरमुकाम लगायतका ११ वटै स्थानीय तहमा मानिसका लागि अतिआवश्यक बस्तुलाई कमी नभएको र मौज्दात रहेको छ, कमी हुदैन ।’

जिल्लामा सदरमुकाममा आईसोलेन कक्ष र क्वारेन्टाईन बनाएपनि स्थानीय तहमा विदेशबाट फर्किएका लगत संकलन बाहेक क्वारेन्टाईन नहुनुले कोरोना महामारी लिन सक्ने स्थानीयबासी त्रसित छन् । जिल्ला सदरमुकाम जस्तै प्रत्येक गाउँपालिका विद्यालयलाई प्रयोग गरेर क्वारेन्टाईन बनाउनुपर्ने स्थानीबासीको माग रहेको छ ।

(Visited 216 times, 1 visits today)
Loading comments...

आजको समाचार

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

साताका लोकप्रिय समाचार

कांग्रेस महाधिवेशन आउँदो भदौमै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगामी भदौमा पार्टीको १४ औँ महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गर्दै सोहीअनुसार दत्तचित्त भई...

सिन्धुलीमा एकैदिन १३३ जनाले जिते कोरोना

सिन्धुली । सिन्धुलीमा एकैदिन १ सय ३३ जनाले कोरोना जितेका छन । होम आइसोलेसन तथा संस्थागत आईसोलेसनमा उपचार गराईरहेका ३८ महिला र ९५ जना...

डेढ अर्ब फाइदामा नेपाल वायुसेवा निगम

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटेसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डेढ अर्ब फाइदा हुने भएको छ । निगमले गरेको हवाई इन्धन मूल्य...

नेपालले किन र केका लागि खेल्ने ?

नेपाली खेलकुद बजार र लगानी पश्चिमी मुलुकहरुमा जस्तो नेपाली खेलकुद क्षेत्रमा कति खर्च भैरहेको छ भन्ने वारेमा तथ्याङ्क खोज्ने काम निक्कै गाह्रो हुन्छ । नेपाल...

साँढे किन बाँधेको भन्दै महिलालाई निर्घात कुटेर भागेका यादव ९ वर्षपछि पक्राउ

  सप्तरी, राजविराज । महिलालाई निर्घात कुटपिट गरेको आरोपमा अदालतबाट २ वर्ष कैद सजाय तोकिएका एक फरार अभियुक्त ९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

ट्रेन्डिङ

सरकारका दुई वर्ष

केपी शर्मा ओली नेतृत्वको बहुमतको सरकारले आफ्नो पाँचवर्षे कार्यकालको दुई वर्ष पूरा गरिसकेको छ । आफ्नो दुईवर्षे कार्यकालमा भएका उपलब्धि एवं विकास र समृद्धिको...

दाङको बेलझुण्डीका कोरोना संक्रमितमा लक्षण देखिएन

घोराही । दाङको बेलझुण्डिस्थित कोरोना बिषेश अस्पतालमा रहेका १३ जना संक्रमितमा कुनै लक्षण देखा नपरेको अस्पतालले जानकारी दिएकको छ । विश्व स्वास्थ्य संगठनको भनाई अनुसार...

युवा संघको प्रश्न, सरकार कहाँ छ ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोभिड–१९ को नियन्त्रण, व्यवस्थापन, रोकथाम गर्नमा सरकार असफल रहेको आरोप लगाएको छ । युवा संघका...

घरेलु मदिरा सेवनवाट धनुषामा थप चारको मृत्यु

जनकपुरधाम । अवैध घरेलु मदिरा सेवनबाट धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा ८ जना मृत्युको घटना सेलाउन नपाउँदै जनकपुरधाममा थप चारजनाको शंकास्पद मृत्यु भएको छ । जनकपुरधाम...

पत्रकार महासंघ खोटाङको अध्यक्षमा खत्री निर्विरोध

खोटाङ । नेपाल पत्रकार महासंघ खोटाङको अध्यक्षमा दिलीप खत्री निर्वाचित भएका छन् । महासंघ जिल्ला शाखा खोटाङकोे छैठौं अधिबेसनबाट खत्री अध्यक्षमा निर्विरोध निर्वाचित भएका...

शंकर ग्रुपको ठगी धन्दाले सर्वसाधारणको घर जोखिममा, जगदम्बाका तीन सय टन गुणस्तरहीन डन्डी नष्ट गरिँदै

काठमाडौं । कथित उच्च घरानियाँ भनेर चिनिने शंकर ग्रुप ठगी धन्दामा मस्त भइरहँदा आमउपभोक्ता भने आफ्नो घर जुनसुकै समयमा पनि भत्किन सक्ने भन्दै रातदिन...

‘एक इन्च तलमाथि भए कारबाही हुन्छ : तुम्बाहाङ्फे

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा धनीपुर्जा वितरणमा एक इन्च पनि तलमाथि भए दोषीलाई कारबाही गर्ने चेतावनी...

प्रजनन् अधिकार सम्वन्धि ऐन कागजमा सिमित

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सेवा सम्वन्धि निति योजना तथा कार्यक्रम तयार गर्न सरकारलाई सुझाव दिन प्रजनन स्वास्थ्य समन्वय समिति गठन भएपनि...

नयाँ पुस्ताले इतिहासको अध्ययन गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले इतिहासको बारेमा अध्ययन गर्नुपर्ने बताउनुभएको छ । इन्द्र दह एकीकृत पर्यटन...

‘इरिटेड’ गरिराछु भन्दै १८ वर्षीया टिकटक स्टारले गरिन् आत्महत्या

एजेन्सी । अमेरिकन टिकटक स्टार डेझरिया ले आन्त्महत्या गरेकी छिन् । १८ वर्षीया ति किशोरीले आत्महत्या गर्नु अघि एउटा भिडियो शेयर गरेकी थिइन्, जसलाई...

लकडाउनमा हिडेको भन्दै चिकित्सक कुट्ने डीएसपीलाई रानीपोखरी तानियो

काठमाडौं । काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट भएको भनिएको घटनामा नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा छानविन समिति गठन गरेको छ ।...

काठमाडौंमा बर्डफ्लु, टर्की र हाँसमा भेटियो

काठमाडौँ । काठमाडौंमा टर्की र हाँसमा बर्डफ्लु देखिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)