शरदसिंह भण्डारीले आफ्नो होटल क्वारेन्टाइन बनाउन दिने


जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक शरदसिंह भण्डारी र सोही पार्टीका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्जला राउतले आफ्नो होटेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइन बनाउनका लागि दिएका छन् ।

महोत्तरीको बर्दिवासमा रहेको आफ्नो होटेल पावन मिथिलालाई क्वारेन्टाइनमा प्रयोगको लागि दिएको राजपा नेपालका महासचिव केशव झाले जानकारी दिए । प्रदेश २ सरकारले आवश्यक परे क्वारेन्टाइनका लागि सो होटल प्रयोग गर्न सकिने सांसद निर्जला राउतले बताइन् ।

साढे दुई कट्ठामा फैलिएको सो होटलमा ४५ वटा कोठा रहेको छ भने तीनवटा ठूला ठूला हलहरु रहेका छन् । पार्किङ्गको पनि पर्याप्त सुविधा रहेको छ । कोरोना भाइरसको संक्रमण शुरु भएपछि सांसद राउतले सो होटेल बन्द गराएकी थिइन् । उनले भनिन, ‘यो अवस्थामा देशका लागि केही गर्न पाउनु नै ठूलो कुरा हो, मसँग यही थियो अहिले तत्कालका लागि क्वारेन्टाइनका लागि दिने घोषणा गरेको छु, पछि सक्ने अरु पनि सहयोग गर्छु ।’

प्रदेश २ सरकारले मात्र विभिन्न ठाउँमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका लागि क्वारेन्टाइन बनाउने घोषणा गरेको थियो । समाजिक विकास मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार वीरगञ्जको केडिया डेन्टल कलेज, गौरको गौर नर्सिङ इन्स्टिच्युट, होटल सिया पैलेस र धनुषाको मिथिला आयुर्वेद केन्द्र नगराइनमा क्वारेन्टाइन केन्द्रहरु सञ्चालन गर्ने निर्णय गरिएको छ ।

कोरोना भाइरसका संक्रमितको उपचारका लागि वीरगञ्ज मेडिकल कलेज, जनकपुरको जानकी मेडिकल कलेजको सिटी अस्पताललाई प्रदेश २ सरकारले तोकेको छ । त्यसका साथै प्रदेशका सबै जिल्ला अस्पतालमा १० बेडको आइसोलेशन वार्ड तयार गरी संचालनमा ल्याउने निर्णय गरेको छ । कोरोना भाइरसका शंकास्पद व्यक्तिहरु, रोगीहरुलाई एम्बुलेन्स सेवा, तथा क्वारेन्टाइन केन्द्रहरु र अस्पतालहरुलाई सुरक्षा व्यवस्थाको लागि जिल्ला प्रशासनले अनुरोध गर्ने निर्णय समेत भएको मन्त्रालयले जनाएको छ ।

राजपाले १५ दिनको तलब दिने

राष्ट्रिय जनता पार्टी नेपालले आफ्ना सांसदका १५ दिन बराबरको तलब सो कोषमा जम्मा गर्ने निर्णय गरेको छ । पार्टीका प्रवक्ता केशव झाका अनुसार राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले सरकारद्वारा स्थापित केन्द्रीय कोषमा पार्टी सांसदका १५ दिन बराबरका तलब जम्मा गर्ने निर्णय गरेका छन् ।

यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र काँग्रेस पार्टीका सांसदहरु पनि १५ दिन तलब कोषमा जम्मा गर्ने घोषणा गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 373 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आज पनि विहानैदेखि मान्यजनवाट टीका र जमरा लगाउन जानेहरुको चहलपहल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुई जिल्ला सदस्यसहित ७ जनालाई कारबाही