प्रयोगात्मक शिक्षामा जाेड देउ

विद्यालयस्तरकै पढाइमा प्राविधिक शिक्षामा जोड दिने भनेर सरकारले घोषणा गरे पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । प्राविधिक शिक्षा अपरिहार्य हो भन्नेमा दलीय नेतृत्व एवं नीति निर्माण तहमा बस्नेहरू जानकार छन् । त्यसकारण बजेट निर्माण गर्दा वा अन्य कतिपय शिक्षासम्बन्धी योजना बनाउँदा शिक्षासँगै प्राविधिक शब्दलाई पनि जोड्ने प्रचलन छ, तर कार्यान्वयन पक्ष एकदमै फितलो हुने गरेको छ । योजना बनाइसकेपछि त्यसको प्रभावकारिता’bout अध्ययन नगर्ने प्रवृत्तिले पनि कतिपय व्यावहारिक र भूगोल सुहाउँदो योजना यत्तिकै तुहिने गरेको छ ।

उदयपुरको उदयपुरगढी गाउँपालिका भलायाडाँडा खाटडाँडामा रहेको नमुना माध्यमिक विद्यालयले आफ्नो विद्यालयमा कृषि प्राविधिक विषयमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक काममा सहभागी गराउदै आएको छ । बालीविज्ञान र पशुविज्ञानसम्बन्धी तीनवर्षे डिप्लोमा पढाइ हुने सो विद्यालयले आफ्नै पहलमा २ बिघा ५ रोपनी जमिन भाडामा लिएर टनेल निर्माण गरेको छ, जुन टनेलमा विद्यार्थी स्वयंले खेती सम्हाल्दै आएका छन् । किताबमा लेखिएको कुरा पढेर व्यावहारिक काममा सहभागी हुन पाउँदा विद्यार्थी खुसी मात्रै छैनन् । भविष्यमा ‘आफै केही गर्ने हो’ भनेर उत्साहित पनि छन् । विद्यालयले निर्माण गरेको टनेलमा अहिले विद्यार्थीकै श्रम र पसिनामा विभिन्न बेमौसमी तरकारी फलिरहेको छ । अर्को रमाइलो कुरा विद्यालय विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत कमाउदै पढ्ने कार्यक्रम पनि सञ्चालन भइरहेको छ । विद्यालयले छानेका बालीविज्ञानमा अध्ययनरत अतिविपन्न र जेहेनदार २० जना विद्यार्थी प्रयोगात्मक शैक्षिक कार्यक्रममा सहभागी भएबापत पारिश्रमिक पनि पाउँछन् । पढाइसँगै कमाइसमेत हुने भए पनि उनीहरूको आर्थिक गर्जो मात्रै टरेको छैन, अन्य विद्यार्थीका लागि प्रेरणाको स्रोत पनि बनेका छन् । उदयपुरमा मात्रै होइन नेपालमा प्राविधिक विषय पढाइ हुने धेरै विद्यालय खुलेका छन् । तीमध्ये कतिपय प्राविधिक विद्यालय औपचारिकतामै सीमित छन् । स्रोतसाधनको अभावको बहानामा विद्यार्थीलाई प्राविधिक कार्यमा सामेलै नगराइ अंक दिने परिपाटी पनि छन् । यस शैलीले विद्यार्थीको क्षमता विकास त हुन्न नै विद्यालयको शैक्षिक प्रणालीमाथि पनि प्रश्न उठ्ने गरेको छ ।

जेजति विद्यालयले प्राविधिक विषय पढाउँछु भनेर सम्बन्धन लिएका छन्, ती विद्यालय सञ्चालकले उदयपुरको नमुनमा माध्यमिक विद्यालयबाट सिक्न जरुरी छ । क्षमताभन्दा धेरै विद्यार्थी, दरबन्दीअनुरूप शिक्षक नहुँदा नहुँदै पनि उदयपुरको एउटा विद्यालय विद्यार्थीलाई प्रयोगात्मक शिक्षा दिएको छ भने आर्थिक रूपमा सबल विद्यालयहरूले त्यो पहल किन नगर्ने ? आफ्नो क्षेत्रमा रहेका विद्यालयहरूलाई अब्बल बनाउनका लागि विद्यालय प्रशासनसँगै स्थानीय सरकारको भूमिका पनि अहं हुन्छ । नारामै किन नहोस् ‘गाउँगाउँमा सिंहदरबार’ पुगिसकेको छ । ‘सानो सिंहदरबार’ हाँक्ने जनप्रतिनिधि पनि छन् । स्थानीय तहका जनप्रतिनिधि एवं अन्य राजनीतिक दलका प्रतिनिधिले आफ्नो क्षेत्रमा व्यावहारिक शिक्षा प्रणाली कार्यान्वयन गर्न ढिला गर्नुहुन्न । आशा गरौं, उदयपुरको नमुना माध्यमिक विद्यालयको प्रभाव मुलुकभरका अन्य विद्यालयमा पनि पर्नेछ । अबका विद्यार्थीहरू किताबी ज्ञानलाई प्रभावकारी बनाउन गुगल सर्चमा मात्रै केन्द्रित हुनेछैनन् । फिल्डमा गएर प्राविधिक प्राविधिक ज्ञान पनि लिनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुवै पदमा दोस्रो पटक आमने सामने