लुम्बिनी सरकारबाट बाहिरियो माओवादी

दाङ । लुम्बिनी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । आइतबार माओवादीबाट सरकारमा सहभागी तीन जना मन्त्रीले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले जानकारी दिए ।

लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी तीन जना सहभागी थिए । केन्द्रमा भएको समीकरणअनुसार राजीनामा बुझाएर गृहजिल्ला रोल्पा फर्किएको महराले बताए ।

एमाले नेतृत्वको सरकारमा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी थिए । माओवादी सरकारबाट बाहिरिएसगै मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

पद रिक्त नहुदै मुख्यमन्त्रीको दाबी पेस
यसैबीच, नेपाली कांग्रेसले मुख्यमन्त्रीमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेको छ । संवैधानिक बाटोलाई कुल्चिएर पद रिक्त नहुदै कांग्रेसले आइतबार प्रदेश प्रमुखसमक्ष मुख्मन्त्रीमा दाबी पेस गरेको हो ।

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जसपा, लोसपासहित आठ पार्टी र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् । गिरीलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट पनि बाहिरिएको भन्दै कांग्रेसले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीसमक्ष दाबी पेस गरेको हो ।

चौधरीले मुख्यमन्त्री नियुक्तिको मागसहितको हस्ताक्षर बोकेर प्रमुख प्रमुखसमक्ष पुगेका थिए । संघीय सरकारमा एमाले र माओवादीको गठबन्धन टुटेसगै यसको प्रभाव प्रदेश सरकारमा पनि परेको हो । कांग्रेस संसदीय दलका नेता चौधरीले ५४ सांसदको समर्थन आफसग रहेको दाबी गर्दै मुख्यमन्त्री नियुक्त हुन निवेदन पेस गरेका हुन । ८७ जना सांसद रहेको लुम्बिनी प्रदेशमा बहुमतका लागि ४४ जना सांसदको आवश्यकता पर्छ । यहा सबैभन्दा ठलो दलका रूपमा रहेको नेकपा एमालेसग २९ जना सांसद छन् ।

चौधरीलाई कांग्रेस, माओवादीका दलका नेता जोखबहादुर महरा, नागरिक उन्मुक्ति पार्टीका दलका नेता धर्मबहादुर चौधरी, लोसपाका दलका नेता सन्तोषकुमार पाण्डेय, जनमत पार्टीका दलका नेता चन्द्रकेश गुप्ताले समर्थन गरेका छन् । त्यस्तै, जसपाका नेता भण्डारीलाल अहिर, एकीकृत समाजवादीका दलका नेता भगवती अधिकारी, जनमोर्चाका दलका नेता तारा थापा र स्वतन्त्र सांसद खड्क बस्नेतले हस्ताक्षर गरेर मुख्यमन्त्री बनाउन माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 254 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरको मेयर माओवादीलाई छाडेको भन्दै चितवन कांग्रेस सभापतिको कार्यकक्षमा तालाबन्दी