पत्नी र भाइविरुद्ध अभिनेता नवजुद्दिनको सय करोडको मुद्दा

मुम्बई । पत्नी आलिया सिद्दिकीले आपूmमाथि बलात्कारको आरोप लगाएपछि बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीको पत्नीसँग सम्बन्ध झनै बिग्रिएको छ । नवाजुद्दिन र आलियाको बिग्रिएको सम्बन्धमा फेरि अर्को समस्या आएको छ ।

अभिनेता नवाजुद्दिनले लामो मौनतापछि यतिबेला कानुनीबाटो रोजेका छन् । उनले आलिया सिद्दिकी र भाइविरुद्ध मानहानीको मुद्दा दायर गरेका छन् । नवाजुद्दिन सिद्दिकीले भाइ शमसुद्दीन सिद्दिकी र पत्नी आलिया सिद्दिकीविरुद्ध बम्बे हाई कोर्टमा उनले १ सय करोडको मुद्दा दायर गरेका छन् ।

अब यो मुद्दाको सुनुवाइ मार्च ३० मा हुने भएको छ । नवाजुद्दिन सिद्दिकीले अदालतमा निवेदन दिएका छन् । उनले आफूमाथि लगाइएका सबै आधारहीन आरोप फिर्ता लिन र लिखित माफी माग्नुपर्ने माग गरेका छन् । यस मामिलामा अभिनेताले सय करोड क्षतिपूर्ति मागेका छन् ।

अभिनेताले निवेदनमा आफूले कान्छो बेरोजगार भाइलाई सन् २००८ मा प्रबन्धक बनाएको बताएका छन् । नवाजुद्दिनले उनीहरूका लागि सबै खाताको काम हेरे । यस्तो अवस्थामा कलाकारले आफ्नो हस्ताक्षरित चेक, क्रेडिट कार्ड, एटीएम कार्डहरू डेबिट कार्डहरू हस्तान्तरण गर्थे । तर, कान्छो भाइले धोका दिएको उनको भनाइ छ ।

यति मात्र होइन, आलियाको सोसल मिडिया अकाउन्ट हेर्दा यो केससँग सम्बन्धित धेरै भिडियो छन् । आपूmमाथि लामो समयदेखि आलिया र सम्सले चकित पार्ने आरोप लगाएको पनि अभिनेता नवाजुद्दिनको कथन छ ।

तपाइको प्रतिक्रिया
(Visited 705 times, 1 visits today)

epaper

ताजा समाचार

लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो