श्रीमानको हत्या अभियोगमा पुरुष मित्रसहित कौशिलादेवी पक्राउ

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा श्रीमतीसहित उनका एक पुरुष मित्रलाई प्रहरीले पक्राउ गरेको छ । धनुषा शहिदनगर नगरपालिका– ३ का ६० वर्षीय राजकिशोर मण्डलकी श्रीमती कौशिलादेवी र सोही नगरपालिका वडा नम्बर ७ बस्ने अन्दाजी २७ वर्षीय राकेशकुमार पक्राउ परेका हुन् । शहिदनगरको डिहवारस्थित आफ्नै घरको कोठामा सुतिरहेका राजकिशोरमाथि कंक्रिट प्रहार गरेर कौशिलादेवी र राकेशले हत्या गरेको प्रहरीले अभियोग लगाएको छ ।

फागुन २७ गते होलीको दिन कोशिलादेवी र राकेशबीच टेलिफोनमा कुराकानी भई योजनाबद्ध ढंगले राजकिशोरको हत्या भएको प्रहरीको दाबी छ । प्रहरीले राजकिशोरलाई राति खानामा नशालु ट्याव्लेट मिसाएर खुवाइएको र नसामा मातेर सुतिरहेको अवस्थामा कौशिलादेवीले राकेशलाई घरमा बोलाएर हत्या गर्न लगाएको बताइएको छ । राजकिशोर सुतिरहेका बेला दुवैजना मिलेर कंक्रिट प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन ।

राजकिशोरको निधारमा पटक–पटक प्रहार गरी विभत्स तरिकाले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको कार्कीले बताए । घटनाको जानकारी पाउनासाथ प्रहरीले अनुसन्धान सुरु गरेका थिए । प्रहरीले कोशिलादेवीलाई घटनास्थलबाटै र राकेशकुमार मण्डललाई निजको घरबाट पक्राउ गरेको छ । राकेशको कौशिलादेवीसँग प्रेम सम्बन्ध रहेको समेत प्रहरीको दाबी छ । प्रहरी नियन्त्रणमा रहेका उनीहरुले पत्थरले टाउकोमा प्रहार राजकिशोरको हत्या गरेको स्वीकार गरेका छन् । नियन्त्रणमा लिएका दुवैजनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता भई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पाँचजनालाई पूर्पक्षका लागि थुनामा
सोनलाल पुलामीको हत्या अभियोगमा पाँच जनालाई पुर्पक्षनका लागि जिल्ला अदालत धनुषाले थुनामा पठाउन आदेश दिएको छ । धनुषाको रघुनाथपुर निवासी पुलामीको गत फागुन १६ गते हत्या भएको थियो ।

मंगलबार जिल्ला अदालतमा मुद्दा पेश भएकोमा बुधबार न्यायाधीश राजेश कटुवालको ७ नम्बर इजलासमा बहस भएको थियो । बहस सकिएलगत्तै न्यायधीश कटुवालले हत्यामा संलग्न पक्राउ परेका पाँचै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन् ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ अनुसार उनीहरुलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाइएको अदालत परिसरले जनाएको छ । अदालतले उनीहरुलाई बुधबारै सिन्धुली जिल्ला कारागारमा पठाएको हो ।

धनुषाको सबैला नगरपालिका १२, रघुनाथपुरमा पुलामीलाई मादक पदार्थ सेवनगरी मातेका विभिन्न आठ जनाको समूहले सामुहिक आक्रमणगरी हत्या गरेको थियो । उनको हत्या अभियोगमा घटनाको केही घण्टाभित्रै पाँच जना पक्राउ परेका थिए ।

पक्राउ पर्नेहरुमा पटेवाका सोनु मोनु भन्ने अमित कुमार यादव, सबैला १ का जितेन्द्र राउत, अशेष यादव, कपिल सदा र धर्मदेव भन्ने धर्मदेही राउत छन् । घटनामा संलग्न अन्य तीन जना अमरजित राउत, रोहित गोसाइँ र परीक्षण कुमार यादव फरार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ