कोरोना संक्रमण नियन्त्रणमा सर्वसाधारणको भूमिका

कोरोना संक्रमितको संख्या दिनैपिच्छे बढ्दै गए पनि नियन्त्रणका सन्दर्भमा भने कोही पनि संवेदनशील भएको पाइँदैन । एक संक्रमितबाट अर्कोमा सजिलै सर्नसक्ने कोरोना महामारी हो र यसले मान्छेलाई मृत्युको मुखमा पु-याउँछ भन्नेमा हामी जानकार छौं र पछिल्ला तीन वर्षमा कोरोना संक्रमणबाट हाम्रै मुलुकमा १२ हजार बढीको मृत्य भएको तथ्य हाम्रो सामु ताजै छ । कुनै पनि संक्रमण महामारीका रूपमा फैलियो भने चाहेर पनि नियन्त्रण गर्न सकिँदैन तर बेलैमा सचेतना अपनाउने हो भने संक्रमणलाई महामारी हुनबाट बचाउन सकिन्छ । यसका लागि सुरक्षा सचेतनाका लागि नियम बनाएर मात्रै हुँदैन, सर्वसाधारण स्वयंले पनि सुरक्षा सतर्कता अपनाउनुपर्छ ।

शुक्रबार मात्रै १ हजार ७९ जनाको नमुना परीक्षण गर्दा १ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकनुसार एक सातामा देशभर सक्रिय संक्रमितको संख्या १ सय ६३ पुगेको छ । कुनैबेला दैनिक १० हजारमा कोरोना संक्रमण फैलिएको सुनिसकेका हाम्रा लागि अहिलेको अंक सामान्य लाग्नसक्छ, तर सामान्य होइन । यदि, प्रतिशतकै कुरा गर्ने हो भने अहिले परीक्षण गराएकामध्ये १५ प्रतिशतमा संक्रमण देखिएको छ । अहिले छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा संक्रमणदर बढेको बताइन्छ । खुला सिमाना हुनुका साथै कामकाजका लागि भारत आउजाउ बढी हुने भएकाले नेपाल–भारतबीच संक्रमण पनि सहजै आउजाउ हुन्छ । यति हुँदाहुँदै पनि थोरै सावधानी अपनाउन सकियो भने यसलाई नियन्त्रण गर्न सकिन्छ । जस्तो सीमा नाकामा कारोना चेकजाँचलाई नियमित गर्ने र जानेआउने दुवैको परीक्षण गर्ने हो भने संक्रमितका ’boutमा जानकारी हुन्छ । संक्रमितका ’boutमा जानकार भइसकेपछि मात्रै संक्रमण फैलन कसरी नदिने योजना बनाउन सकिन्छ । केही व्यक्तिलाई संक्रमण भयो भन्दैमा आत्तिइहाल्नुपर्नेछैन, तर यसलाई समुदायमा फैलनबाट रोक्नमा भने अहिल्यैदेखि योजना बनाउनुपर्छ । समुदायमा फैलिइसकेपछि भने नियन्त्रण गर्न सकिँदैन । संक्रमण नियन्त्रणका लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका साथै सर्वसाधारण नागरिकले पनि सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि सरसफाइमा ध्यान दिनुपर्छ भनेर सम्झाइरहनुपर्दैन । नियमित मास्क प्रयोगले संक्रमण नियन्त्रणमा भूमिका खेल्छ भन्नेमा पनि सर्वसाधारण जानकार छन् । दुःखका साथ भन्नुपर्छ । अहिले सार्वजनिक सवारीसाधनलगायत भीडभाड हुनेठाउँमा मास्क लगाउनेहरू बिरलै भेटिन्छन् । सरकारले खोपको व्यवस्था गरेको त धेरै भइसक्यो । जुनसुकै स्वास्थ्य संस्थामा खोप सजिलै पाइन्छ, तर पनि कतिपय व्यक्तिले अझै खोप लगाउन अल्छी मान्ने गरेका छन् । कुनै पनि सन्दर्भमा जटिल स्थिति आइसकेपछि सरकारको आलोचना गर्ने हाम्रो पुरानै परम्परा हो । भूकम्पले क्षति पु¥याउँदा वा कोरोना संक्रमण फैलिँदा सबैभन्दा धेरै आलोचना सरकारकै भयो । अब सर्वसाधारण पनि गम्भीर हुन जरुरी छ । कुनै पनि संक्रमण नियन्त्रणका लागि आफ्नो ठाउँबाट पनि पहल गर्न जरुरी छ । नियमित मास्क प्रयोग गर्ने र सरसफाइमा ध्यान दिँदा पनि संक्रमण नियन्त्रण गर्न सकिन्छ भने किन नगर्ने ?

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

epaper

ताजा समाचार

सुन्दरहरैंचा नगरप्रमुख केदारप्रसाद गुरागाई सुकुम्बासीको पक्षमा उभिने