वसन्त ऋतुसँगै घोडेपानी र पुनहिलमा पर्यटकको ताँती लागेको दृष्यले स्थानीय होटल व्यवसायी उत्साहित भएका छन् । पर्यटन व्यवसायले गति लिँदै गरेको बेलामा सिंगो विश्वमै कोरोना संक्रमणले महामारीको रूप लिएपछि नेपालको पर्यटन व्यवसाय धर्मराउन थालेको थियो । कतिपय होटल एवं ट्राभल एजेन्सी त बन्दै भए पनि । जसले कोरोना संक्रमणकालमा पनि आपूmलाई जेनतेन टिकाए । ती व्यक्तिको मुहारमा अहिले चमक देखिन थालेको छ, कारण फेरि आन्तरिक एवं बाह्य पर्यटक नेपालको कुनाकन्दरामा पुगेर सुस्ताउन थालेका छन् । पर्यटकको आगमनसँगै आम्दानीको बाटोसमेत खुलेको छ ।
चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने घोडेपानी र पुनहिल प्राकृतिक र सांस्कृतिक सम्पदाले सम्पन्न छन् । सुन्दर हिमशृंंखला र स्थानीय रहनसहनले जोसुकैलाई आकर्षण गर्छ । बिहानै घाम झुल्केको दृष्य हेर्न चाहनेहरू उत्तिकै लालयित हुन्छन् । पुनहिलमा पुगेर आँखै अगाडि घाम झुल्केको हेर्न चाहनेहरू अहिले रमाइरहेका छन् । घोडेपानीको पुनहिल मात्रै हैन । नेपालमा स्वदेशी एवं विदेशी पर्यटकलाई मनपर्ने यस्ता धेरै ठाउँहरू छन् । जहाँ पुगेपछि सहरबजारको भन्दा फरक दृष्य र फरक परिवेश भेटिन्छ । हिमाल र पहाड तराई नेपालमा तीन फरक प्रकृतिको भूगोल छ भने हरेक प्रकृतिका भूगोलको महŒव उत्तिकै छ । फरक यत्ति हो कि पहाडमा बस्नेहरूलाई मधेस पुग्दा अनौठो लाग्छ भने मधेसमा बस्नेहरूलाई पहाड पुग्दा अनौठो लाग्छ । तर, यी दुवै प्रकृतिका भूगोल हाम्रा लागि अमूल्य हुन् । प्राकृतिक हिसाबले हामी सम्पन्न हुँदाहुँदै पनि आर्थिकरूपमा हामी गरिब छौं किनकी हामीले हामीसँग भएको सम्पदाको भरपुर प्रचार गर्नै सकेका छैनौं ।
अर्को कुरा पर्यटक भन्ने बित्तिकै हाम्रो मष्तिस्कमा विदेशी नागरिकले सम्मानजनक स्थान ग्रहण गरिहाल्छन् । स्वदेशी पर्यटक पनि हाम्रा अमूल्य पाहुना हुन् भन्नेमा कतिपय पर्यटन व्यवसायी र स्थानीय अझै सचेत भइसकेका छैनन् । हामी भौगोलिकरूपमा यति धेरै सम्पन्न छौं पहाडमा बस्नेले तराईबासीलार्ई र मधेसमा बस्नेले पहाडियालाई घुमफिरका लागि निम्ता गर्ने संस्कार सुरु गर्ने हो भने आन्तरिक पर्यटनबाटै पनि आर्थिक गतिविधि चलायमान गराउन सक्छौं ।
नेपाल जस्तो मुलुकका लागि विदेशी मुद्रा आर्जन गर्ने भरपर्दो स्रोतमध्ये महत्वपूर्ण उद्योगका रूपमा चिनिन्छ पर्यटन उद्योग । कुनै पनि विदेशी नागरिक नेपाल आउनु भनेको ऊसँगै विदेशी मुद्रा नेपाल भित्रिनु पनि हो । तसर्थ विदेशी नागरिकलाई नेपाल भित्र्याउन हामीले नेपालभित्र मात्रै सुन्दर हिमशृंखला, रोमाञ्चक गोरेटो र घोडेटो बाटोको मात्रै चर्चा गरेर हुन्न । विदेशमा बसेका विदेशी नागरिकले बुझ्ने भाषामा जुनसुकै माध्यमबाट हाम्रो भूगोल र संस्कृति’bout प्रचार गर्न जरुरी छ ।






