प्रदेश २ सरकारद्वारा २५ करोड रुपैयाँको राहत कोष स्थापना

जनकपुरधाम । कोराना भाइरस (कोभिड १९)को नियन्त्रण तथा यसबाट प्रभावितलाई राहत उपलब्ध गराउन प्रदेश २ सरकारले २५ करोड रुपैयाँको राहत कोषको स्थापना गरेको छ ।

मन्त्रीपरिषदको आज बिहीबार सम्पन्न बैठकले सरकारको तर्फबाट २५ करोड रुपैयाँको राहतकोषको स्थापना गर्ने र सो कोषमा सम्पूर्ण मन्त्रीहरुको एक महिनाको तलब राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए । उनले यस राहत कोषमा सहयोग गर्न समाजिक संघ संस्था , प्रदेशका व्यापारिक घराना एवं इच्छुक व्यक्तिहरुलाई आह्वान समेत गरिने बताउनु भएको छ ।

यसका अतिरिक्त मन्त्री परिषदको बैठकले महामारी नियन्त्रणको लागी मुख्यमन्त्रीको संयोजकत्वमा सबै मन्त्री रहने गरी उच्चस्तरीय निर्देशन समिति गठन गरेको छ भने महामारी नियन्त्रणको लागि आवश्यक व्यवस्थापन गर्न निमित्त प्रमुख सचिव नारायण दवाडीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरि विशेष कार्यकारी समिति समेत गठन गरेको छ ।

कार्यकारी समितिलाई आजैको मन्त्री परिषद बैठकले विशेष परिस्थितिमा महामारी नियन्त्रणको लागी आवश्यक व्यवस्थापन गर्न निर्देशन समेत दिएको छ । कार्यकारी समितिले महामारी नियन्त्रणको लागी चाहिने आवश्यक सामग्रीहरुको खरिद विशेष परिस्थितिको लागी व्यवस्था गरिएको खरिद नियमावली बमोजिम गर्न पाउने छन ।

सार्थै मन्त्री परिषदले प्रादेशिक अस्पताल जनकपुरधाम, विरगंज र राजविराजमा कोरोना सम्बन्धि जाँच गर्ने ल्याबको स्थापना गर्ने निर्णय समेत गरेको प्रवक्ता यादवले जनाउनु भएको छ । तयारी गर्नुपर्ने समयमा प्रदेश सरकार उदासिन देखिएका थिए तर अन्य प्रदेशमा तत्परता देखिन थालिएपछि प्रदेश २ मा सक्रियता वढाइएको छ ।

मन्त्री परिषदको बैठकले लड डाउनका कारण समस्यामा परेका गरिव जनताहरुको लागी आवश्यक राहतको व्यवस्था गर्न स्थानीय तह संग समन्वय गरेर अघि बढने निर्णय गरेको छ ।

रकमान्तर गरेर ४ करोड निकासा
प्रदेश २ सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोरोना भाइरस विरुद्धको लडाइँका लागि प्रहरी तथा प्रशासनिक निकायलाई ४ करोड ४५ लाख रुपैयाँ निकासा गरेको छ । मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन कोषमा रहेको ६ करोड रुपैयाँमध्ये रकमान्तर गरेर रकम निकासा गरिएको गरिएको आन्तरिक मामिला तथा राज्यमन्त्री सरोजसिंह कुशवाहाले बताए ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका लागि भन्दै प्रदेशका ८ वटै जिल्लाका लागि प्रतिजिल्ला ५०–५० लाख रुपैयाँका दरले ४ करोड रुपैयाँ पठाइएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरलाई २० लाख रुपैयाँ, सशस्त्र प्रहरी प्रादेशिक कार्यालयलाई २० लाख रुपैयाँ, राष्ट्रिय अनुसन्धान आयोग प्रादेशिक कार्यालयलाई ५ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 133 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरामा नयाँ समीकरणः उपमेयरमा एमालेकी गुरुङको अग्रता बढ्यो