अन्तर्राष्ट्रिय चित्रकार शेर्पाको थाङ्का कलावारे चर्चा

काठमाडौं । कलाकार आङ छिरिङ शेर्पाले नेपाली थाङ्का कलालाई विश्वव्यापी रूपमा पु¥याएको योगदानको काठमाडौंमा एक समारोहबीच चर्चा गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागले आयोजना गरेको ‘ललितकला संवाद कार्यक्रम’मा शेर्पाको बाल्यकालदेखि अन्तर्राष्ट्रिय यात्रा तथा वर्तमान अवस्था’bout चर्चा गरियो । कार्यक्रममा उनले पनि आफ्ना अनुभव सुनाए ।

कार्यक्रममा बोल्दै सदस्यसचिव थुम्केलीले शेर्पाले नेपाली कलाको शैलीलाई अन्तर्राष्ट्रियकरण गरेको बताए, ‘नेपाली मौलिक कलालाई समसामयिक रूपमा उहाँले अन्तर्राष्ट्रियस्तरमा चिनाउनु गर्वको विषय हो ।’

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छलीले कार्यक्रममा शेर्पाको कला यात्रा’bout चर्चा गर्दै नेपालसँगै अमेरिकालाई कर्मभूमि बनाएका शेर्पाले हङकङ, अमेरिका, युरोप, बेलायतका स्थानमा एकल तथा यूएई, भेनिस बाइनाले, रुबिन म्युजियम, जर्मनी, चीन, अस्ट्रेलिया, सिगापुरलगायतका स्थानमा प्रदर्शनी गरिसकेको जानकारी गराए ।

उनलाई विश्व प्रसिद्ध सञ्चारमाध्यम हफिङ्टन पोस्ट, वाल स्ट्रिट जर्नल, द टेलिग्राफ, द न्युयोर्क टाइम्सलगायतले महत्वपूर्ण स्थान दिँदै आएको जानकारी गराउँदै उनले भने, ‘सन् १९६८ मा काठमाडौंको बौद्धमा जन्मिएका शेर्पाले बुवा मास्टर उर्गेन दोर्जेसँग परम्परागत थाङ्का बनाउन सिके । त्यसपछि अमेरिका गएर उनले नेपाली थाङ्का कलालाई विश्वव्यापी तुल्याएर हाम्रो कलाको महत्व बढाएका छन् ।’

कार्यक्रममा कलाकार आङ छिरिङ शेर्पाले आपूmले गरेको संघर्ष, हाल गर्दै आएका काम र आफूले यस क्षेत्रमा लागेर पाएको ज्ञानका विविध पक्ष’bout चर्चा गर्दै भने, ‘मलाई थाङ्कामा पनि कन्टेम्पोररीभन्दा पनि पुरानो कला मनपर्छ । नेपालमा कलाको खानी छ तर ट्यालेन्टलाई अप्रिसियट गर्ने अडियन्सको कमी छ ।’ विदेशका कलाकारले नेपालीसँग सहकार्य गर्दै आएको पनि उनले जानकारी गराए ।

उनले नेपालका कलाकार राजन शाह, श्याम महर्जन, विजय महर्जनसँग विदेशी कलाकारले नेपाली कला सिक्न गरेको सहकार्यको उनले उदाहरण दिए । विश्वमा फेसन अडियन्स धेरै भएको उल्लेख गर्दै उनले इटालीको उदाहरण दिँदै भने, ‘इटालीले फेसनको क्षेत्रमा गरेको काम हामी नेपालमा पनि गर्न सक्छौं । नेपालमा प्रतिभा नभएको होइन । त्यसलाई मार्केटका रूपमा अघि बढाउन सकेको खण्डमा धेरै राम्रो हुन्छ’ ।

उपकुलपति लालकाजी लामाले राष्ट्रिय कला प्रदर्शनीमा शेर्पाका कला राख्ने योजना सुनाए । चित्रकला विभाग प्रमुख सञ्जय वान्तवाले शेर्पाजस्ता कलाकार अन्तर्राष्ट्रिय क्षेत्रमा पुग्दा आफूहरूलाई गर्व लाग्ने बताए ।

वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले कार्यक्रममा भने, ‘उहाँको कलाकारिता तथा जीवनबाट हामीले धेरै कुरा सिक्न सक्छौं ।’

तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)

epaper

ताजा समाचार

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान, मंसिर ४ गते दिउँसो ४ बजेसम्म समय