सिन्धुली । सिन्धुलीमा गएराती कार दुर्घटना भएको छ । कार दुर्घटनामा परि ४ जना भारतीय नागरिकको मृत्यु भएको छ । कमलामाई नगरपालिका वडा नं। ३ सिन्धुलीगढी गेट नजिक विपी राजमार्गमा मंगलबार राती साढे १२ बजे कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुर्घटनामा परि ३ जनाको घटनास्थलमै मृत्यु भएको हो भने १ जनाको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । एकजना घाईते छन । घाइतेको सिन्धुली अस्पतालमा उपचार गरि थप उपचारका लागि धुलिखेल अस्पताल पठाईएको छ ।
पूर्वी नेपालबाट विपी राजमार्ग हुदै काठमान्डौ जाँदै गरेको (BR06DD0687) नम्बरको कार सडकबाट ५ सय मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जिवी दाहालले बताए ।
उनका अनुसार शवको पहिचानको काम भईरहेको छ । घटनास्थलमा प्रहरी मुजुल्का गरि शव उठाउने तयारी भईरहेको उनले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 277 times, 1 visits today)






