रोकिएको ‘प्रसाद २’ ले न्याय पायो

काठमाडौं । अदालतबाट स्टे अडर आएपछि २४ चैतको मितिमा रिलिज रोकिएको चलचित्र ‘प्रसाद–२’ उच्च अदालत पाटनबाट रिलिज हुने आदेश पाएको छ । २४ चैतमा उच्च अदालत पाटनले रिलिजका लागि अल्पकालीन अन्तरिम आदेश दिएको थियो । रोकिएको यो फिल्म अब आउँदो १५ वैशाखमा रिलिज हुने भएको छ । उच्च अदालत पाटनले फिल्म रोक्नु सुविधाजनक नहुने भन्दै अन्तरिम आदेश सुनाएर या फिल्म रिलिजको बाटो खोलिदिएको हो ।

यस फिल्म २४ चैतमा रिलिज गर्ने भनेर आपूmलै सबै तयारी गरे पनि मुद्दाका कारण त्यतिबेला रोकिएकाले अहिले अदालतको निर्देशनपछि नयाँ रिलिज मिति घोषणा गरेको प्रस्तुतकर्ता सुवास थापाले बताएका छन् ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको यो चलचित्रको ट्रेलरलाई दर्शकले रुचाएका छन् । यो फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठीलगायतका कलाकारको मुख्य भूमिका छ । सुभाष थापाको प्रस्तुतिमा तयार भएको फिल्मका निर्माता सुदर्शन बस्नेत हुन् । सञ्चारकर्मी सुशिल पौडेलले यो फिल्म कथा लेखेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 130 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे