सेती अस्पतालमा कोरोनाबाट एक महिलाको मृत्यु

धनगढी । सुदूरपश्चिममा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमबाट मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया वृद्धा रहेकी छन् ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले बताए ।

झन्डै एक वर्षयता कोरोनाका कारण हुने मृत्युदर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा आइतबार मृत्यु भएको सूचना अधिकारी उपाध्यायको भनाई छ ।

सूचना अधिकारी उपाध्यायले मुटुरोगले समस्या महिलाको पीसीआर पद्धतिबाट गरिएको नमूना परीक्षणमा नतिजा ‘पोजेटिभ’ आएपछि छ दिनअघि अस्पतालको कोभिड वार्डको आईसीयूमा भर्ना गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 264 times, 1 visits today)

epaper

ताजा समाचार

आज साउने सङ्क्रान्ति पर्व