मुस्ताङबाट जय हो प्याक अप

काठमाडौं । सलोन बस्नेत, केकी अधिकारीलगायतको मुख्य भूमिका रहेको चलचित्र ‘जय हो’को छायांकन ३० दिनमा सकिएको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको यो चलचित्रको मुक्तिनाथमा अन्तिम सट खिच्दै छायांकन समापन भएको घोषणा गरिएको छ । यो सिनेमा कास्की र मुस्ताङका विभिन्न स्थानमा छायांकन गरिएको हो ।

टेक पौरखी राईको निर्देशन गरेको सिनेमामा सलोन र केकीसँगै अर्पण थापा, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुवी मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायतको अभिनय रहेको छ ।

यो चलचित्रमा शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत, सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन छ ।

सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिस शाहको सम्पादन, समीर मियाँको भीएफएक्स, केवलमान सिङ बस्नेत प्रोडक्सन म्यानेजरमा रहेका छन् ।

कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहको फिल्म जय हो आगामी ५ भदौमा रिलिज गरिने भएको छ । सलोन सलिना फिलिम्सको ब्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इलामको सन्दकपुरकाे अध्यक्षमा नेपाली कांग्रेसका तुलाराम गुरूङ विजयी