भारतमा गर्मीका कारण ११ जनाको मृत्यु

भारतको महाराष्ट्रमा एउटा पुरस्कार वितरण समारोहमा अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

महाराष्ट्रको नविमुम्बईमा आइतबार दिउँसो आयोजित महाराष्ट्र भूषण पुरस्कार वितरण समारोहमा सहभागीहरुको मृत्यु भएको हो । अत्यधिक गर्मीका कारण शरीरमा पानीको अभाव तथा चर्को घाममा लामो समय बसेका कारण १ सय २० जना बिरामी परेको जनाइएको छ ।

जसमध्ये ११ जनाको मृत्यु भएको र अन्य १३ जनाको अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएकाे छ । मुम्बई शहरदेखि नजिकैको नविमुम्बई भन्ने स्थानको खर्घर मैदानमा आयोजित समारोहमा लाखौं मानिस सहभागी भएका थिए ।

३ सय एकड भन्दा ठूलो मैदानमा मानिसहरु खचाखच भरिएका थिए । खुला आकाशमुनि आयोजित समारोहमा लामो समय घाममा बस्दा मानिसहरुमा स्वास्थ्य समस्या उत्पन्न भएको जनाइएको छ ।

साेही समारोहमा गृहमन्त्री शाहले अप्पासाहेब धर्माधिकारीलाई महाराष्ट्र भूषण पुरस्कार प्रदान गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 344 times, 1 visits today)

epaper

ताजा समाचार

बकैया नदीमा 'जियोब्याग’ तटबन्धले दर्जनौँ गाउँ डुबानबाट सुरक्षित