विभिन्न बालीनाली भित्र्याएपछि बाँकी रहेको डाँठ दाइँ गरेपछि बचेको पराल, भुस, लहरा तथा जमिनमा असरल्ल पातलाई बालीनाली अवशेष भनिन्छ । विगत केही दशकदेखि कृषिक्षेत्रमा मेसिनको प्रयोग बढ्दो छ । साथै खेतबारीमा काम गर्ने खेतालाको न्यूनताले गर्दा यो पनि आवश्यकता बनेको छ । यस्तोमा काट्ने तथा दाइँ गर्नु कम्बाइन्ड हाडरबेस्टरको प्रचलन द्रुत गतिले बढेको छ । जसको कारण ठूलो परिमाणमा बालीनालीको अवशेष खेतमा रहिरहन्छन् जसको समुचित व्यवस्थापन एउटा चुनौतिका रूपमा हाम्रो सामु छ ।
किसानहरू आफ्नो सहुलियतका लागि यिनलाई बालेर व्यवस्थापन गर्छन् । यसका पछाडि किसानको आफ्नो तर्क छ । उनीहरूका अनुसार केही बाली जस्तै धान गहुँका जरा चाँडै माटोमा गल्दैन । साथै धान रोप्नेबेलामा किनारमा थुप्रिने हुँदा कामदारको खुट्टा घोच्छ । त्यसबाहेक अवशेष व्यवस्थापनमा खर्च ज्यामी अनि समयको आवश्यकता पर्छ तथा दुई बालीबीच उपयुक्त समयको अभावमा उनीहरू यस्तो गर्न बाध्य छन् । उनीहरूको तर्क यो पनि छ कि बालीनालीको अवशेष डढाउँदा खेत सफा हुन्छ तर यसरी बालीनाली अवशेष व्यवस्थापन खेतको माटो, वातावरण एवं मानिस तथा पशुको स्वास्थ्यका लागि कति घातक हुन्छ यसको अनुमान आज पनि किसानलाई छैन । कुल बालीनाली उत्पादनको ५८ प्रतिशत नगदेबालीबाट १७ प्रतिशत उखुबाट २० प्रतिशत रेसा भएका बालीबाट ५ प्रतिशत तेलहन बालीबाट प्राप्त हुन्छ । भारतमा गरिएको एउटा सर्वेक्षण प्रतिवेदनअनुसार सबैभन्दा बढी बालीनाली डढाउनेमा पन्जाव, हरियाना, पश्चिमी उत्तर प्रदेश रहेको छ जसका कारण नयाँ दिल्लीको वायु प्रदूषण उच्च बिन्दुमा छ । तर, आन्ध प्रदेश, महाराष्ट्र, पूर्वी उत्तर प्रदेश आदि राज्यमा पनि यो प्रथा सुरु भएको देखिन्छ । हाम्रो देशमा भने यो चलन नौलो चाहिँ होइन ।
बालीनालीको अवशेष डढाउँदा माटोमा हुने नोक्सानी
खेतको उर्वरा शक्तिमा ह्रास
- बालीनालीको अवशेष डढाउनाले १०० प्रतिशत नाइट्रोजन २५ प्रतिशत फस्फोरस २० प्रतिशत पोटास र ६० प्रतिशत सल्फर नोक्सानी हुन्छ
- भूमिको संरचनामा क्षति हुने हुनाले पोषक तत्वको समुचित मात्रामा स्थानान्तरण नहुने तथा अत्यधिक पानीको निकास हुन नपाउनु
- माटोको कार्बनिक पदार्थको ह्रास
- बालीनालीको अवशेषबाट प्राप्त हुने पोषक तत्वबाट माटो वञ्चित हुने
- माटोको माथिल्लो सतहमा पाइने मित्र किराफट्यांग्रा आदि नासिएर जाने
कृषकहरूले गर्दै आएका बालीनालीको अवशेष डढाउने काम कुनै पनि दृष्टिकोणले उचित मानिँदैन
मानवीय स्वास्थ्यमा पर्ने दुष्प्रभाव
- अस्थमा र दमजस्ता स्वाससम्बन्धी रोगीलाई अप्ठ्यारो पार्नेछ साथै यी रोगका बिरामीहरूको संख्या निरन्तर वृद्धि हुनेछ ।
- सल्फर अक्साइड तथा नाइट्रोजन अक्साइडका कारण आँखा पोल्ने
- छालाजन्य रोगको गुनासो बढ्ने
- वर्तमानमा बालीनालीको अवशेष डडाइने क्षेत्रमा क्यान्सरका रोगीको संख्यामा वृद्धि भएको देखिन्छ
पर्यावरणसम्बन्धी दुष्परिणाम
- यसले वैश्विक तापमान (ग्लोबल वार्मिङ)लाई प्रोत्साहन गर्छ
- कुहिरो जस्तो स्थिति पैदा हुन्छ जसले गर्दा दुर्घटना हुने जोखिम बढ्छ
- बालीनाली अवशेषका साथै खेतबारी किनाराको रूख बिरुवा पनि आगोले क्षति पु¥याउँछ
- ओजोन तहमा ह्रास हुने
- अत्याधिक मात्रामा कार्बनडाइअक्साइडको उत्सर्जनले क्षति पुग्ने
- हरित गृह ग्यासहरूको अध्यधिक मात्रामा उत्सर्जनले वैश्विक तापनलाई प्रोत्साहित गर्ने
बालीनाली अवशेष व्यवस्थापनको विकल्प
अहिलेको अवस्थमा मुख्यतः पशुहरूको आहारका लागि केही अवशेष संकलन गरिन्छ त्यसबाहेक बाँकीलाई खेतबारीमा डडाइन्छ जसले गर्दा पर्यावरण, जनसमुदाय तथा पशु स्वास्थ्यलाई क्षति भइरहेको छ । अवशेष व्यवस्थापनको विकल्प निम्न प्रकारले हुन सक्छ ः
- बालीनाली अवशेषलाई पशुआहार तथा औद्योगिक उपयोगका लागि संकलन गर्ने, माटोमा मिलाउने, माटोको सतहमा राख्ने
- अवशेषलाई पशु आहारा वा औद्योगिक उपयोगका लागि संकलन गर्ने
धानको पराललाई पशु आहारका रूपमा प्रयोग अद्यपि यसमा सिलिकाको मात्रा धेरै हुन्छ । धानको पराललाई युरिया वा क्याल्सियम हाइड्रोक्साइडले उपचार गरेर वा प्रोटिनद्वारा संवद्र्धन गरेर प्रयोग गरी उपचारबाट गुणस्तरमा सुधार गरी आहाराको रूपमा प्रयोग गर्न सकिन्छ । पराललाई सानासाना टुक्रामा काटेर वाष्पबाट उपचार गरी पशु आहाराका रूपमा प्रयोग गर्न सकिन्छ । स्ट्रो बेलर प्रयोग गरेर खेतबारीमा रहेको बालीनाली अवशेषलाई ब्लाक बनाई कम ठाउँमा भण्डारण गरी ऊर्जा उत्पादन धरै निजी कम्पनीले भारतमा धानको परालबाट बिजुली उत्पादन गरेका छन् यो बालीनाली अवशेषको प्रभावकारी व्यवस्थापन भनिन्छ । देशका मुख्य उत्पादन हुने क्षेत्रमा यसको प्रचारप्रसार गर्नुपर्ने आवश्यकता देखिन्छ । बालीनाली अवशेषको कागज कुट कार्डबोर्ड कार्टुन कापी किताबको गाताजस्ता सामान बनाउन प्रयोग गरिनुका साथै अरू नयाँनयाँ वैकल्पिक उपयोगको पत्ता लगाउनु नितान्त आवश्यक छ । कुनै पनि दृष्टिकोणले बालीनालीको अवशेष डढाउन उचित मानिँदैन । त्यसैले कृषकहरूले बालीनालीको अवशेषको व्यवस्थापनको यस विकल्पलाई उपयोग गर्नु आवश्यक छ । संरक्षक प्रणालीलाई अपनाएर वा बालीनाली विविधिकरणद्वारा अवशेष डढाउने समस्याबाट मुक्ति पाउन सक्छन् ।
धान काटिसकेपछि जिरो टिलेज प्रविधिबाट गहुँ छरेर प्रभावकारी ढंगले बालीनाली अवशेषहरू व्यवस्थापन गर्न सकिन्छ
बालीनाली अवशेषहरू माटोमा मिसाउने
बालीनाली भित्र्याएपछि रोटावेटरले जोतेर एकपटक सिँचाइ गर्नाले बालीनालीका अवशेष माटोमा मिल्छन् अनि अर्को बाली रोप्न वा बीउ छर्न सजिलो हुन्छ । धान, गहुँको अवशेष जोडेर पानी लगाई व्यवस्थापन सम्भव छ साथै २०÷२५ किलोग्राम युरिया प्रतिहेक्टरले हाल्नाले अवशेषको माटोमा विलिन हुने प्रक्रिया चाँडो हुन्छ । कार्बनीकृत धानको अवशेषले माटोको वायोचार गर्नाले माटोको उर्वर शक्ति बढ्नुका साथै उत्पादन दक्षता पनि बढेर जान्छ ।
अवशेष खेतको सतहमा राख्ने
गहुँ काटेपछि बाँकी जरा बुट्यान जिरोटिलेज मेसिन वा टंबो हैप्पी सिडर लु मुङ्ग वा ढैचा छरेर अवशेपष व्यवस्थापन गर्न सकिन्छ । धान काटिसकेपछि जिरो टिलेज प्रविधिबाट गहुँ छरेर प्रभावकारी ढंगले बालीनाली अवशेष व्यवस्थापन गर्न सकिन्छ । उखु काटिसकेपछि रोटरी डिस्क ड्रिलले गहुँको बीउ दाना छर्ने प्रविधिलाई बृहत्रूपमा प्रचारप्रसार गरी उखुबालीको अवशेषलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिन्छ । कपास भएको खेतमा गहुँको खेती र गहुँको बोट भएको खेतमा मुङको खेती गरेर बालीनाली अवशेषको प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ । यस विधिले बालीनालीहरूको अवशेष डढाउने प्रथा रोक्न सहयोगी हुनेछ ।






