प्रदेश नम्बर १ को नाम ‘कोसी’ हुनुहुँदैन, त्यसको सट्टा ‘किरात–सगरमाथा–कोसी’ वा ‘किरात’ अथवा…, हुनुपर्छ भनी असन्तुष्ट पक्ष आन्दोलन गरिरहेका छन् । विगतमा नेपाल धार्मिक रूपमा विवाद हँुदा वा भनौं नेपालमा हिन्दू धर्म मान्नेहरूको संख्या ८१ प्रतिशतभन्दा माथि हो त ? भनी बहस र छलफल गर्नेहरू सबैलाई ‘हिन्दू, बौद्ध र किरात एकै देख्ने लेखक, विचारक, विश्लेषक, इतिहासकार, धार्मिक नेता, प्राध्यापक, पत्रपत्रिका, पत्रकार, विज्ञ, प्राज्ञ आदि यसबेला सबै ‘तैं चुप, मै चुप’ छन् ।
हिजो अस्तिसम्म नेपाल धार्मिक रूपमा विवाद हँुदा उनीहरूले ‘हिन्दू, बौद्ध र किरात एकै हुन्, सबै सनातन धर्म मान्नेहरू हुन्, भनी वकालत गर्थे, लेख्थे, बोल्थे । यस्तो अवस्थामा त हिजो वकालत गर्ने, लेख्ने, बोल्नेहरूले केही न केही त लेख्नू नि !
हुन त ‘कोसी’ नाम खारेज हुनुपर्छ भनी आन्दोलन गर्नेहरूले अभैm पनि ‘किरात–लिम्बुवान–सगरमाथा’ वा अरू त्यस्तै फुर्को झुन्ड्याएर नाम राख्नुपर्ने माग गरेका हुन् कि, अहिलेलाई कम्तीमा ‘किरात प्रदेश’मा सहमत हुने हो ? यो समयले बताउने नै छ ।
जे भएता पनि त्यसरी प्रदेशको नाम सुटुक्कै ‘कोसी’ राखेपछि एकाएक ‘कोसी’ नाम खारेज हुनुपर्छ भनी माग राख्नेहरूले आन्दोलन चर्काएका छन् । एक दिनअघि त्यो पनि रातमा मात्रै सुटुक्कै ‘१ नम्बर प्रदेशको नाम कोसी प्रस्ताव गर्न आँटिएको र सोही नामलाई दायाँबायाँ नगरी पास गर्नु !’ भनी मौखिक रूपमा आदेश दिइएको थियो भनिन्छ । यसरी हेर्दा जनताबाट निर्वाचित भएर आएका प्रदेशसभाका माननीय सदस्यहरूबीच बृहत् ढंगले बहस र छलफल नै नचलाइ–नगराइ हतारहतारमा ९० प्रतिशतको अहंकारसहित ‘कोसी’ नाम पारित गरियो । तर, त्यसको दीर्घकालीन असर भने भविष्यमा देखिने संकेत मिलेको छ । खासमा राज्य पक्षको चालामाला हेर्दा अहिले प्रदेश १ को नाम ‘कोसी’ खारेज गर्नुपर्छ भनी लागेका आन्दोलनकारीलाई नबिच्क्याउने, थकाउने देखिन्छ ।
जेहोस् नेपालका जातजाति, भाषाभाषी, धार्मिक समूह, अल्पसंख्यक आदि प्रति अनुदारवादी बनेर १ नम्बर प्रदेशको नाम ‘कोसी’ राखेपछि त्यहाँका जनताले खासगरी किराती मूलका र अन्य आदिवासी जनजाति मूलका जनताले सडकमा उत्रिएरै सार्वजनिक रूपमा विरोध गरिरहेका छन् ।
त्यसैक्रममा एक जनाको ज्यानसमेत गइसकेको छ । त्यसो त तत्कालीन १ नम्बर प्रदेशका माननीय मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उसबेला झापामा भएको एक सार्वजनिक कार्यक्रममा १ नम्बर प्रदेशको नाम पहिचान झल्किनेगरी राखिने भनी बोलेका थिए । तर, परिणाम भने मुख्यमन्त्रीले बोलेको भन्दा विपरीत अर्थात् ठीक उल्टो आएको छ । हुन त त्यसबेला माननीय मुख्यमन्त्रीले कस्तो पहिचान ? भन्ने सम्बन्धमा चाहिँ त्यसबेला मूर्त ढंगले खुलाएका थिएनन् ।
हुन त ‘कोसी’ नाम खारेज हुनुपर्छ भनी आन्दोलन गर्ने आन्दोलनकर्मीहरूले अभैm पनि ‘किरात–लिम्बुवान–सगरमाथा’ वा अरू त्यस्तै फुर्को झुन्ड्याएर नाम राख्नुपर्ने माग हो कि ? अहिलेलाई कम्तीमा ‘किरात प्रदेश’मा सहमत हुने हो ? यो समयले बताउने नै छ । ’cause हामीले बुझ्नुपर्ने मुख्य कुरो हिजो ‘तमुवान’, ‘मगरात’, ‘नेवाल्यान्ड’वा ‘नेवा–ताम्सालिङ’, ‘थरुवान’ ‘थरूहट’, खसान’ दिन्छु भनेर हामीलाई उक्साउनेहरू अहिले मौन देखिन्छन् ।
नामका सम्बन्धमा भन्नुपर्दा ‘मधेस प्रदेश’ मात्रै एक उदाहरण र अपवाद रहेको छ । तर, मधेस प्रदेशको नाम ‘मधेस प्रदेश’ रहनुमा कसैको देन थियो कि कसैको आशीर्वाद थियो ? यसको मतलव पहिचान जनित नाम नमागौं भन्ने पटक्कै होइन ।
तर, ‘किरात प्रदेश’ मात्रै नाम रहनुको सट्टा लिम्बु आदाङ्बा–आदाङ्माहरूलाई ‘लिम्बुवान’ हुनैपर्ने, आर्य–खस समूहलगायत हिन्दू धर्मालम्बीहरूलाई त ‘कोसी’, ‘सगरमाथा’, ‘विराट’, ‘सुनकोसी’, ‘पूर्वाञ्चल’ जे राखे पनि हुने । उनीहरूका लागि प्रदेशको नाम राख्दा नेपालका कुनै पनि जताजाति, भाषाभाषी धार्मिक समूह आदिको गन्ध नआए पुग्यो । जात समूहका झुन्डले चाहिँ त झनै अचम्म गरिहेका छन् । ’cause उनीहरूले आप्mनो जात वा भाषा ‘राई !’ को आधारमा राज्य वा प्रदेश माग्दा किरात नमागीकन ‘राई !’ प्रदेश, ‘राई !’ राज्य वा ‘राई !’वान पो माग्नुपर्ने थियो, होइन र ?
के भनिन्छ भने, किरात सभ्यता विश्वकै सबैभन्दा पूरानो सभ्यतामध्ये एक हो । यो कुरोलाई विश्वका प्रायः सबै विद्वतवर्ग, अनुसन्धाकर्ता, अन्वेषक, इतिहासकार, खोजकर्ता, लेखक आदिले पनि स्विकारेका छन् ।
किरात–किरातीहरू काश्मीरदेखि पूर्व, कामरूप, भुटान हँुदै मानसरोवरको दक्षिण–पश्चिमसम्म, ब्रह्मपुत्रनदीको किनारदेखि सरयु नदीको किनारसम्म, मानसरोवर क्षेत्रदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म विशाल क्षेत्रमा पैmलिएका थिए भन्ने भनाइ छ ।
इतिहासकारहरूका अनुसार किरात अथवा किरातीहरू ब्रह्मपुत्र र गंगा (गोङवा) नदी र यसका शाखा नदीको आसपास विकास भएको मानिन्छ । सुरुमा एसिया महादेशको ठूलो भू–भागजस्तो कि दक्षिण एसिया, दक्षिण–पूर्व एसिया र मध्य एसियामा किरात–किरातीहरू बसेका थिए । किरात–किरातीहरू काश्मीरदेखि पूर्व, कामरूप, भुटान हुँदै मानसरोवरको दक्षिण–पश्चिमसम्म, ब्रह्मपुत्र नदीको किनारदेखि सरयु नदीको किनारसम्म, मानसरोवर क्षेत्रदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म विशाल क्षेत्रमा पैmलिएका थिए भन्ने भनाइ छ । साथै किरात–किरातीहरूको ऐतिहासिकता’bout विश्वकै प्राचीन मानिएको संस्कृत साहित्यमा पनि प्रशस्तै चर्चा–परिचर्चा गरिएको पाइन्छ । वेद, पुराण, अथर्ववेद, वाल्मीकि रामायण, महाभारतहरू आदिलाई लिन सकिन्छ । जुन प्राचीन धार्मिक ग्रन्थहरूमा किराती राजाहरू र किराती जनताहरूको प्रशस्तै उल्लेख गरेको पाइन्छ । त्यस्तै, प्राचीन संस्कृत साहित्यहरू ऋग्वेद, स्मृति, काव्य, कथा, कविता तथा विभिन्न खोज अनुसन्धान र विभिन्न अभिलेखमा पनि किरात र किराती जातिको उल्लेख भएको पाइन्छ । त्यस्तै, बौद्ध साहित्य, ब्राह्मण, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म आदि विश्वका विभिन्न धर्म ग्रन्थहरू, प्राचीन वास्तुकला, शिल्पकला, लोककला, चित्रकलाका साथै लोक कथाहरूमा पनि किरात र किरातीहरूका ’boutमा प्रशस्तै चित्रण गरिएको उल्लेख पाइन्छ ।
किरात र किरातीहरूको वंशावलीका ’boutमा गोपाल राज वंशावलीनुसार ३२ पुस्ता, राइटको वंशावलीनुसार २९ पुस्ता, जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावलीअनुसार २७ पुस्ता, सिल्भ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशनअनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नाचार्यका अनुसार २८ पुस्ता, ‘सुब्बा’ प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता र भूपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्तासम्म किराती राजाहरूले काठमाडौं उपत्यकामा राज्य चलाएका थिए भन्ने पाइन्छ । यसबाहेक पनि एसियाको विभिन्न क्षेत्रहरूमा किरातीहरूले शासन चलाई आएका थिए । हालको भारत र नेपालका भू–भागहरूमा नै पनि किरात–किरातहरूको अनेक संंप्रभु–सत्ता सम्पन्न राष्ट्रहरू अस्तित्वमा थिए भन्ने गरिन्छ ।






