सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु


सिन्धुली । जिल्लाको कमलामई नगरपालिका वडा नं. २ पिपलभञ्ज्याङमा कार दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन ।

काठमाण्डौंबाट सिन्धुलीतर्फ आउने क्रममा विपी राजमार्ग अन्तरगत पिलभन्ज्याङमा बा८च९१३५ नम्बरको कार आईतवार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मृत्यु हुनेमा सिन्धुली मरिण गा.पा. कपिलाकोट घर भई काठमाण्डौं गौरीघाट बस्ने बर्ष ३८ की साहारा प्रसाई र झापा चारपानेका ४३ वर्षिय कुमार पुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवालले जानकारी दिए ।

गम्भिर घाईते प्युठान न.पा. ८, प्युठानका योगेन्द्र थापाको सिन्धुली अस्पताल सिन्धुलीमा उपचार भई रहेको र थप उपचारका लागि काठमान्डौ पठाउने तयारी भईरहेको सिलवालले जानकारी दिए । कार आफै अनियन्त्रित भई सडकबाट बाँया साईड २० मिटर तल भिरमा खसेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 315 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
वडाध्यक्षका उम्मेदवार चौधरीको निधन