प्रतिबन्धित भारतीय नोटसहित दुई भारतीय पक्राउ

वीरगन्ज । वीरगन्जस्थित सीमा क्षेत्रका सुरक्षाकर्मी र भन्सारका जाँचकीलाई छक्याई करिब ६ लाख भारतीय प्रतिबन्धित नोट बोकेर सीमा वारपार गर्दै गरेका दुई भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । भारतीय प्रतिबन्धित नोट २ हजार, ५ सय, २ सयलगायत गरी ५ लाख ७५ हजार ८ सय बोकी सीमामा वारिपारि गर्दै गरेका दुई भारतीय अभियुक्तलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिबन्धित भारतीय नोटसहित प्रहरी नियन्त्रणमा पर्नेमा भारत उत्तर प्रदेश जिल्ला गोरखपुर ग्राम महुई सुघरपुर बस्ने ४२ वर्षीय विनोद कुमार गुप्ता र भारतकै बिहार जिल्ला मोतिहारी ग्राम करमवा रघुनाथपुर बस्ने ३९ वर्षिय अमित कुमार सिंह रहेको पर्सा प्रहरीले जनाएको छ ।

गुप्ताले नेपालका तीनवटा प्रहरी चेकिङ बिन्दु पार गरी वीरगन्जको रजतजयन्ती चोकसम्म आइपुग्दा त्यहाँ चेकिङमा रहेका प्रहरीले नियन्त्रणमा लिन सफल भएको पर्साका प्रहरी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले बताए । अर्का अभियुक्त सिंह भने नेपालबाट भारत रक्सौलतर्फ जाँदै गरेको अवस्थामा वीरगन्ज १६ मा पर्ने सोही स्थानबाट पक्राउ परेको उनको भनाइ छ ।

नेपाल प्रवेश गर्दै गरेका गुप्ताको साथबाट प्रतिबन्धित भारतीय नोट पाँच सयका ३ सय ६३ थान, २ सयका १३ थानलगायत गरी २ लाख बरामद भएको र अर्का अभियुक्त सिंहको साथबाट २ हजारका २१ थान, ५ सयका ६ सय ४४ थान र २ सयका ३३ थाललगायत गरी कुल ३ लाख ७५ हजार ८ सय बरामद भएको उनको भनाइ छ ।

अभियुक्तद्वयले पैदल नै सीमा वारपार गर्ने गरेको खुलेको पर्सा प्रहरीले जनाएको छ । उनीहरू पेसेवर हुन् या होइनन् भन्ने थप अनुसन्धान र कारबाहीका लागि मंगलबार नै राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको पर्सा प्रहरीले जनाएको छ ।

१ करोड ६ लाखको बिल बिजकबिनाको सामान पक्राउ
त्यसैगरी पर्सा प्रहरीले नै राजस्व लुकाउन १ करोड ६ लाखको बिलबिजकबिनाको सामान बोकेर गन्तव्यतर्फ जाँदै गरेको ना३ख ३९५० नम्बरको मालवाहक ट्रक पनि वीरगन्जको घण्टाघरनजिकैबाट पक्राउ गरेको छ ।

सो ट्रकमा बिलबिजक नभएका औषधि तथा खुद्रा सामान रहेको पनि पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले बताए । प्रहरीले प्रक्राउ गरेको सो ट्रक र बिलबिजक नभएको १ करोड ६ लाख मूल्यबराबरको सामान पनि मंगलबार नै पर्सा प्रहरीले राजस्व अनुसन्धान कार्यालय पथलैयामा नै थप अनुसन्धान र कारबाहीका लागि पठाएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

epaper

ताजा समाचार

पुरानो सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकाभर हवाई उडान ठप्प, हजारौँ उडान रद्द