प्रचारको पर्खाइमा गौमती देवी मन्दिर

लमजुङ । लमजुङमा रहेको गौमती देवी मन्दिर प्रचारको पर्खाइमा छ । गौमती देवीले मानिसले चिताएको पु¥याउने विश्वास हुँदा मनकामनाको दोस्रो रूपसमेत मान्ने गरिएको छ । सो मन्दिर लमजुङको क्ब्होलासोंथर गाउँपालिका–२ को मालिङ गाउँको शिरमा पर्छ ।

मन्दिरको उत्पत्ति प्राकृतिक रूपमा भएको मालिङ गाउँका बुढापाकाको भनाइ छ । सो मन्दिरको स्थापना १७५० सालतिर भएको मालिङबासीको भनाइ छ ।

हालमा देखिने सो मन्दिर भारतीय सेनाका भूपू सैनिक खड्गंग गुरुङले निर्माण गरिदिएका हुन् । प्रधानपञ्चसमेत चलाएका खड्गजंग गुरुङकै पुर्खाले ती देवीलाई मन्दिर भएको स्थानमा खोरिया खन्दा फेला पारेको र सपनामा देवीले ‘मलाई बस्नका लागि मन्दिर बनाई दिनू, म तिम्रो गाउँको संरक्षण गर्नेछु’ भन्ने आज्ञा भएको हुँदा मन्दिर निर्माण गरिएको पुजारी मणिराम गुरुङले बताए ।

उनका अनुसार विगतमा मालिङ गाउँका मानिस घरैपिच्छे भारतीय र ब्रिटिस सेनामा भर्ना हुन्थे तर पहिलो, दोस्रो विश्वयुद्धजस्ता ठूला लडाइँमा पनि यस गाउँका कसैले पनि गोली लागेर अकालमा मृत्युवरण गर्नुपरेन । त्यो गौमती देवीकै कृपाका कारणले हो भन्ने मालिङवासीको विश्वास छ ।

उनले भने, ‘गौमतीदेवी मन्दिरमा बली पूजा र कोरी (सात्विक÷गैरबली) पूजा दुवै हुने गर्छ ।’

सो देवी मन्दिरमा खासगरी बडादसैं र चैतेदसैंमा ठूलो मेलासहितको पूजा हुने गर्छ । पुजारी गुरुङका अनुसार आफ्नो मनोकामना पूरा हुनेले बाजागाजासहित मन्दिरमा आएर पञ्चवलीसमेत देवीलाई चढाउने गर्छन् । कोरी पूजा गर्नेहरूले नरिवल चढाएर पनि पूजा गर्ने प्रचलन छ ।

सो मन्दिरमा आइतबारका दिन तथा परेवा, चर्तुदशी र औंसी तिथिका दिनमा भने पूजा नहुने स्थानीय समाजसेवी डिकेन्द्र गुरुङले बताए । उनका अनुसार गाउँको तिथिअनुसार गाउँलेहरूले गाउँ’boutको दिन पनि पूजा गरिँदैन । तर, टाढाबाट आउने भक्तजनका लागि भने पूजाका लागि रोक्ने गरिएको छैन ।

‘देवीलाई अलौकिक मानिन्छ, यो गाउँबाट अहिलेसम्म कोही पनि बेपत्ता भएका छैनन्,’ स्थानीय समाजसेवी डिकेन्द्र गुरुङले भने, ‘एक जना बेपत्ता भएको व्यक्ति म¥यो होला भनेर परिवारले काजक्रिया गर्न तयार भएको बेलामा उनी टुप्लुक्क आइपुगेको र त्यो गौमती देवीकै शक्तिका कारणले त्यस्तो सम्भव भएको भन्ने जनविश्वास रहेको छ ।’

गौमतीको मन्दिर पुनर्निर्माण गरिएको छ भने त्यो मन्दिरसँगै केही माथि रहेको भैरवी मन्दिर भने निकै जीर्ण अवस्थामा छ । गौमतीको पूजा गर्न आउनेले भैरवीको समेत पूजा गरेर आशीर्वाद माग्ने, त्यस मन्दिरमा काँचो धागोले तीन फन्का गरी मन्दिरमा चढाउने गरेको पुजारी गुरुङले जानकारी दिए ।

करिब १५ रोपनी क्षेत्रफलमा फैलिएको ती दुवै मन्दिर क्षेत्रमा गेट र पार्किङस्थलसमेत निर्माण गरिएको छ । गौमती देवीको तुलनामा भैरवी मन्दिर भने फिका लाग्छ । जीर्ण मन्दिरबाहेक केही छैन ।

मन्दिर परिसरमा पार्किङस्थल निर्माणका लागि प्रदेश सरकारबाट १ लाख रुपैयाँ अनुदान आएको र गाउँलेहरूले श्रमदान गरी तयार गरेको डिकेन्द्र गुरुङले बताए ।

उनका अनुसार मन्दिरमा जाने गेट खड्गजंग गुरुङकै भाइ ओम गुरुङले निजी खर्चमा निर्माण गरिदिएका हुन् । नयाँ मन्दिर निर्माण गर्ने कार्यमा खड्गजंगकै अन्य दुई भाइ केशबहादुर गुरुङ र कमबहादुर गुरुङले सहयोग गरेको डिकेन्द्रले जानकारी दिए । उनले भने, ‘गौमतीदेवीको जेजस्तो महिमा र शक्ति छ त्यो अनुसारको प्रचारप्रसार हुन सकेको छैन, हामी अब देवीको शक्ति’bout प्रचार गर्ने, गाउँमा होमस्टे सञ्चालन गर्ने योजनामा छौं ।’

सो मन्दिरमा दलित जातिका व्यक्तिले भने पूजा गर्न, मन्दिरमा प्रवेश गर्न हुन्न भन्ने मान्यता रहेको गाउँलेको भनाइ छ ।

‘करिब सय वर्षअघि एक जना दलितले सो मन्दिरमा जबर्जस्ती पूजा गरेका कारण उनी बेपत्ता भएका थिए रे ! सोही कारण दलित जातिका व्यक्ति सो मन्दिरमा पस्ने गर्दैनन्,’ गाउँलेहरूको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
झापामा मतगणना सकिएका ११ वडामध्ये कांग्रेस ६ र एमाले पाँच वडामा विजयी