बाबुले आत्महत्या गरे, परिवार न्यायको खोजीमा

काठमाडौं । राजधानीमै चर्को मिटरब्याजका कारण एउटा परिवारको उठिबास लागेको छ । काठमाडौंको गोल्को पाखा ठमेलमा एक स्थानीय मिटरब्याजको रकम तिर्न नसक्दा आफ्नो सम्पत्ति साहुलाई सुम्पिन बाध्य भएका हुन् । ठमेलका स्थानीय वीरेन्द्रराज शाक्यसँग ३६ प्रतिशत ब्याजमा ५० लाख लिएका रमेशकुमार भण्डारीले जायजेथा बुझाउँदा पनि ऋण चुक्ता नभएपछि आत्महत्या गरे ।

५० लाखको ब्याज बढ्दै गएपछि भण्डारीले ऋण तिर्न सकेनन् । ३६ प्रतिशतले दैनिक ऋणको रकम बढ्दै गएपछि पुन ऋण लिएर ब्याज तिर्न बाध्य भण्डारी परिवारको सोही ऋणका कारण उठिबास लाग्यो । शाक्यले दिएको ऋणको ब्याजदर बढ्दै जाँदा बुवाले वीरेन्द्रराज शाक्यलाई तिर्न घरधितोमा राखेर एनआईसी एसिया बैंकबाट ऋण लिन बाध्य भएको छोरा भाग्यस भण्डारीले बताए ।

‘शाक्यलाई ऋण तिर्नकै लागि बैंकबाट ऋण झिक्दा ४ करोड ७१ लाख पुग्यो,’ भण्डारीले भने, एकातर्फ घर बन्धकी राखेको छ, अर्कोतर्फ वीरेन्द्रको ऋणले च्याप्दै गएपछि हामीले बाध्य भएर घर बेच्न पर्ने अवस्था आयो उनले भने, ‘शाक्यले दिएको पैसाको मिटरब्याज बढ्दै जाने तर नघट्ने भएपछि बुबाले घर नै पास गर्न बाध्य भए जसमा हाम्रो सहमति थिएन,’ ५० लाखको ऋणमा मिटरब्याज लाग्दा दुई वर्षमा आफूहरू घरबारविहीन हुनुपुगेको छोरा भाग्यसको भनाइ छ ।

मिटरब्याजको ऋण तिर्न नसक्दा एउटा परिवारको उठिबास

‘मिटर ब्याजको ऋणको बदलामा शाक्यलाई घर पास भएपछि हामीले पास भएको घर अहिले रोक्कामा राखेका छौ,’ भण्डारीले भने, ‘मिटरब्याजको ऋणकै कारण बुवाले आत्महत्या गर्नुभयो ।’

११ आनामा बनेको सो घर शाक्यले आफू र कान्छी श्रीमती दुर्गा तामाङको संयुक्त नाममा पास गराएका छन् । मृतक रमेशकुमार भण्डारीका छोराले भने आपूmहरूलाई थाहा नदिई शाक्यको दबाबमा ऋणको पैसा मिनाहा हुनेगरी जग्गा पास भएपछि रोक्का गरेको बताए । ‘बुवाले घर जग्गा ९ करोड २५ लाख बेचेको भन्नुभएको थियो तर शाक्यले बैंकको ४ करोड ऋण र ५० लाखको मिटरब्याजको पैसा अहिलेसम्म नतिरेको भन्दै घर पास गर्न बाध्य बनाएका रहेछन्,’ मृतकका छोरा भाग्यसले बताए ।

मालपोतमा ३ करोड २५ लाख रुपैयाँको राजस्व तिरेर घर पास भएको भण्डारी बताउँछन् । यता घर जग्गा किनबेच गर्ने वीरेन्द्रराज शाक्यले भने आफ्नो ऋण तिर्न नसकेपछि सो घर आफ्नो नाममा ल्याएको दाबी गरे । बैंकको ब्याज र आफूसँग लिएको रकमको ब्याज तिर्न नसकेपछि आफूले सो घर सकारेको शाक्यको भनाइ छ । ‘मैले बैंकको ऋण ४ करोड ७१ लाख रुपैयाँ र मिन बज्राचार्य र आफूसँग लिएको पैसा सबै मैले तिरिदिएर घर लिएको हो,’ शाक्यले भने । आफूले पटकपटक ऋण तिर्न आग्रह गर्दा रमेशकुमार भण्डारीले तिर्न नसकेपछि आफूले सबै ऋण सकारेर घर आफ्नो नाममा पास गराएको उनको दाबी छ ।

मिटरब्याजका कारण ऋण तिर्न नसकेपछि रमेशकुमार भण्डारीलाई मर्न बाध्य पारेको भन्दै शाक्यलाई आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले २६ दिन हिरासतमा राखेको थियो । शाक्य नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–१८ नम्बर वडाका नेतासमेत हुन् ।

शाक्यले आफू आत्महत्या दुरुत्साहनको अभियोगमा २६ दिन जेल बसेको स्वीकारे । उनले आफूलाई दुरुत्साहन मुद्दा लागे पनि मुद्दा जित्नेमा आफू ढुक्क रहेको बताए । आत्महत्या दुरुत्साहनमा कोही पनि जेल गएको उदाहरण नरहेको भन्दै आफूले सजिलै मुद्दा जित्ने शाक्यले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 670 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

अखिलको २३औं सम्मेलनः अध्यक्षका लागि ६ जना प्रतिस्पर्धामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा गठबन्धनको प्रतिबद्धतापत्र : विद्युतीय चुलोमा अनुदानदेखि किसानलाई पेन्सनसम्म