कालो बजारी गरेको आरोपमा जनकपुरमा को को पक्राउ परे ?

जनकपुरधाम । आलु र प्याजको कालोबजारी गरेको आरोपमा धनुषा प्रहरीले जनकपुरधामबाट ११ जनालाई पक्राउ गरेको छ । ‘लक डाउन’को मौकाछोपी आलु र प्याजको ’emले कालोबजारी गरिरहेका थिए ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वर वस्ने वर्ष ५२ को रामअनुठ ठाकुर, वडा १२ बस्ने वर्ष ३५ का जित साह , वडा ४ वस्ने वर्ष ५० का विनोद कुमार साह, वर्ष ४८ का कुशेश्वर चौधरी, वडा ७ वस्ने वर्ष २८ का अजय साह, वर्ष २४ का प्रविन साह , वडा ४ बस्ने वर्ष ४३ का राज किशोर यादव, वडा १ वस्ने वर्ष ३१ का गुलजार शेख र वर्ष ३१ का प्रमोद साहलाई पक्राउ गरेको हो । ग्यास कालोबजारी आरोपमा जनकपुरधाम ४ वस्ने वर्ष १९ का कुन्दन कुमार साह, रिचार्ज कालोबजारी आरोपमा जनकपुरधाम .४ वस्ने वर्ष २६ का बिकाश कुमार महतो रहेका छन् ।

उनीहरूले आलु प्रति किलो ६० र प्याज प्रति किलो ८० बेचिरहेका बेला पक्राउ परेका हुन् भने प्रति सिलिन्डर ग्यास १७ सय र रु. ५० को रिचार्ज कार्ड रु. ६० मा बेचि रहेको अवस्थामा साह र महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यसअघि आलु प्याजको कालोबजारी गर्ने ३ व्यवसायी हिजो प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा जनकपुरधाम वडा नम्बर ४ वस्ने प्रदिप अग्रवाल, अंकित साह र विकाश कुमार साह रहेका छन् । बजार अनुगमनको क्रममा विभिन्न चोकमा संचालनमा रहेका पसलहरुमा छापा मार्दा उपभोक्तालाई बढी मूल्यमा आलु र प्याज बेचेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

कोरोना संक्रमण रोक्न नेपाल सरकारले जारी गरेको लकडाउनको मौकाछोपी बजारमा उपभोग्य सामग्रीको अभाव सृजना गरि कालोबजारी भइरहेको छ । नेपालीहरुको भान्सामा नभई नहुने प्याज र आलुको भएकाले पनि व्यापारीहरु दूबैको सबैभन्दा बढी कालोबजारी गरिरहेको छ । प्याज ८० रुपैयासम्म किलोमा विक्री भइरहेको छ भने आलु ६० रुपियामा विक्री भइरहेको उपभोक्ताहरुले वताएका छन । कोबी ५० रुपैया केजी विक्री भइरहेको छ । खासगरी तरकारीको बिक्री मूल्य बिक्रेताहरुले मनोमानी तरिकाले निर्धारण गरेपछि यहाँको बजारमा चर्को मूल्यमा उपभोक्ता तरकारी किन्न बाध्य छन् । अन्य समानहरुको पनि मूल्यवृद्धि भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 138 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सस्तोमा पानी खुवाउनेलाई भोट