टोपबहादुरको विषयमा प्रधानमन्त्रीलाई ओलीको ध्यानाकर्षण

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव तथा सांसद टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका छन् ।

सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई भेटेर फर्केपछि ओलीले षड्यन्त्रपूर्वक पक्राउ गर्ने कोसिस भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताएका थिए ।

‘एउटा बहालवाला सांसद, पटकपटक मन्त्री, उपप्रधानमन्त्री भइसकेको मान्छेलाई बाटोबाटै हत्कडी लगाउनुपर्दैन, ऊ भागेर कतै जाँदैन, त्यसकारण यो निकै रहस्यमय छ,’ एमाले अध्यक्ष ओलीले भने, ‘यो प्रकरणमा कोको दोषी हुन् ? नियतवश तानिएको हो कि तनाइएको हो ? भनेर हामी पनि अध्ययन गर्दै छौं । यसमा निर्दोष पर्नुहुँदैन तर दोषी उम्किनुहुँदैन । निर्दोषलाई फसाउन खोजियो भने हामी चुप लागेर बस्दैनौं ।’

कहाँ गए रायमाझी ?
एमाले सचिव रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष केपी शर्मा ओलीले फोनवार्ता भएको बताएका छन् । ओलीले भने, ‘मैले उहाँ (रायमाझी)सँग हिजो बेलुकी कुरा गरेको थिएँ । तपाईंलाई पक्राउ पुर्जी भनेको सुन्छु केही जानकारी छ ? उहाँले मैले आईजीपीलाई कुरा गरेको छु भन्नुभयो । एकपटक स्पष्ट पारिदिनुपर्छ भन्नुभयो ।’

फोनमा रायमाझीले ओलीलाई आफू काठमाडौं आउन लागेको पनि बताएका थिए । ओलीले भने, ‘म भोलि काठमाडौं आउँदै छु भन्नुभएको थियो, काठमाडौं आउँछु भनेको मान्छेलाई आज कोही समात्यो भन्छन्, कोही फरार भन्छन्, के हो थाहा छैन ।’

नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा उठाउने गिरोहलाई सहयोग गरेको आरोप रायमाझीमाथि छ । रायमाझी बुधबार अर्घाखाँचीको एक कार्यक्रममा सभामुख देवराज घिमिरेसँगै थिए ।

कार्यक्रमपछि सन्धिखर्कमा पत्रकारसँग कुराकानी गर्दै नाम जोडिएकोप्रति अचम्ममा परेको बताउँदै उनले कानुनअनुसार अनुन्धानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसपछि उनी सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ उनको अन्तिम लोकेसन भैरहवामा ट्र्याक भएको प्रहरीले जनाएको छ ।

शरणार्थीको समस्या स्थायी रूपमा समाधान गर्ने भन्दै ओली नेतृत्वको तत्कालीन सरकारले २९ असार २०७६ मा कार्यदल गठन गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 322 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरामा नयाँ समीकरणः उपमेयरमा एमालेकी गुरुङको अग्रता बढ्यो