काठमाडौं । बैंकले ऋण रोकेको बेला मुलुकमा मिटर ब्याजको बिगबिगी बढेको छ । जसका कारण धेरै जना घरबारविहीन भएका छन् । यही समस्यालाई गायक कृष्ण गैरेले गीतमा उतारेका छन् । गैरेको गीत मुटु रेटिन्छमा देशमा चलिरहेको मिटरब्याजीका कारण गरिब जनताको कसरी उठिवास भइरहेको छ भन्ने कथालाई उठान गरिएको छ ।
यो गीतको भिडियो यतिबेला सार्वजनिक गरिएको छ । कृष्ण गैरे र सुनिता बुढा क्षेत्रीको स्वरमा यो गीत तयार गरिएको छ । जसमा हुम गैरेको शब्द रहेको । गीतको संगीत संयोजन विनोद बाजुरालीले गरेका हुन् ।
यो गीतको भिडियोको निर्देशन र सम्पादजन पनि हुम गैरेले नै गरेका हुन् । जसमा छायांकन रोशन तामाङको रहेको छ । यो मन छुने गीतको भिडियोमा रवि गिरी, निक्स शर्मा, जुनु गुरुङ मुख्य भूमिकामा छन् ।
यो भिडियोमा अर्जुन भट्टराई, दिनेश भण्डारी, आशा विश्वकर्मा, विदुर पोखरेल, शरण थामी, आशिष अधिकारी, अनिल भण्डारी, विष्णु थापालगायतका कलाकारको पनि अभिनय छ ।






