उमेर ६६ वर्ष, कक्षा ७

रामेछाप । अचेल मोहनबहादुर महत (६६) र उनकी श्रीमती रामकुमारी कार्की (५०) महत पुस्तक बोकेर सँगसँगै विद्यालय जान्छन् । महत जोडीसँगै उनीहरूका २ छोरी अनिषा र मनिषा पनि विद्यालय जान्छन् । सामान्य किराना पसल तथा कृषि पेसाले जीवन गुजारा गर्दै आएका मोहनबहादुरलाई यतिबेला पढ्न जाने जोस चलेको छ । ईसीडीमा र कक्षा २ मा पढ्ने सानी छोरी डो¥याउँदै लिखु तामाकोसी गाउँपालिका–४ बिजुलीकोटमा रहेको भृंगेश्वर माध्यमिक विद्यालय धारापानी पुग्छन् महत दम्पती ।

मोहनबहादुर र रामकुमारीजस्तै जानुका महत र वैकुण्ठ महतका दम्पती र धनबहादुर र प्रमिला महतका दम्पती पनि सँगसँगै विद्यालय जान्छन् । बालापनमा पढ्न नपाएको गुनासो छ, मोहनबहादुरको । ‘बालखैमा पढ्न त मन थियो नि पाइएन । अब यही उमेरमा भए पनि पढाइको तिर्सना मेट्न मन लाग्यो ।’ मोहनबहादुरले भने ‘पढाइबिना केही नहुने रहेछ भनेर यो उमेरमा बुझियो ।’

महत दम्पतीजस्तै महिला स्वयंसेविका पनि विद्यालयमा भर्ना जान थालेका छन् । नेपाल सरकारले महिला स्वयंसेविकाको शैक्षिक योग्यता कक्षा ८ पास अनिवार्य गरेसँगै महिला स्वयंसेविका जानुका महत र पार्वती महत पनि विद्यालय भर्ना भएका हुन् । सधंै सानो छोरो लिएर विद्यालय आउने र दिनभरि छोरो कुरेर बस्ने निर्मला तामाङ पनि छोरो पढ्ने विद्यालयमै भर्ना भएकी छन् ।

महत दम्पतीजस्तै अन्य पाको उमेरका पनि विद्यालय भर्ना भएको भृंगेश्वर माध्यमिक विद्यालय धारापानीका प्रधानाध्यापक केवलबहादुर तिमल्सेना बताउँछन् । उनका अनुसार १२ जना पाको उमेरका विद्यार्थी यसपालि विद्यालयमा भर्ना भएका छन् । बढ्दो उमेरमा पनि बालबच्चासँगै पढ्न भर्ना भएका अभिभावकको जोस देखेर प्रधानाध्यापक तिमल्सेना दंग छन् । तिमल्सेनाका अनुसार, ६६ वर्षीय मोहनबहादुर बस्नेत कक्षा ७ मा भर्ना भएका छन् भने ५० वर्षकी उनकी श्रीमती रामकुमारी महत कक्षा ३ मा भर्ना भएकी छन् ।

४१ वर्षकी जानुका महत कक्षा ३ मा, ४१ वर्षकै प्रमिला महत कक्षा ३ मा, ४५ वर्षकी मिथुला महत कक्षा ७ मा भर्ना भएकी छन् । त्यस्तै, ४० वर्षकी पार्वती महत कक्षा ७, ४५ वर्षका धनबहादुर महत कक्षा ८ मा भर्ना भएका छन् । त्यस्तै, ४४ वर्षका वैकुण्ठ महत कक्षा ८, ३२ वर्षकी लोकुमाया श्रेष्ठ ७, २८ वर्षकी निर्मला तामाङ कक्षा ९ मा र ४४ वर्षकी सुकुमाया महत कक्षा ७ मा भर्ना भएका छन् ।

भृंगेश्वर माध्यमिक विद्यालय धारापानीको भर्ना अभियानका कारण आपूm केही हदसम्म सफल भएको प्राधानाध्यापक तिमल्सेनाको भनाइ छ । विद्यार्थीका आमाबाबु नै विद्यालयमा पढ्न आउँदा विद्यार्थी व्यवस्थापनमा सहज हुनेसमेत तिमल्सेना बताउँछन् । ‘अभिभावक नै विद्यार्थी बनेर आएपछि पढाइको गुणस्तरको समेत निगरानी हुनाले विद्यालयको पढाइको नजिता अब्बल हुनेछ,’ उनी भन्छन्, ‘पढेलेखेका अभिभावक भएपछि शैक्षिक सुधारमा उल्लेखनीय योगदान पुग्ने देखिन्छ ।’

पढ्नलाई उमेर र विधि पद्धतिले नछेक्ने लिखुतामाकोसी गाउँपालिकाका अध्यक्ष केशव महत बताउँछन् । ‘वृद्धाअवस्थामा समेत पठनपाठनका लागि विद्यालय भर्ना हुनु भएकाहरूलाई पालिकाले स्वागत गर्छ,’ महतले भने, ‘यो विद्यालय भर्ना चर्चाका लागि मात्रै नभई पढ्नकै लागि होस् ।’

तपाइको प्रतिक्रिया
(Visited 280 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पोखराका चिकित्सक सडकमा, सिडिओ कार्यालय अघि नाराबाजी (फोटोफिचर)

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
रुपन्देहीमा कांग्रेस सबै भन्दा बलियो, बुटवलमा लालकिल्ला तोडियो