गोप्य इंगेजमेन्टले चर्चामा परिणिती

मुम्बई । बलिउड अभिनेत्री परिणिती चोपडा र राजनीतिज्ञ राघव चड्डाबीच ‘गोप्य इंगेजमेन्ट’ चर्चा बटुल्ने क्रम जारी छ ।

यो जोडीले आधिकारिक रूपमा मिडियाका अगाडि आफ्नो सम्बन्ध स्वीकार गरिसकेका भने छैनन् । उनीहरूले गोप्य इंगेजमेन्ट गरेको चर्चाले भने बलिउड तातेको छ ।

मुम्बईको एक रेस्टुरेन्टमा डिनरपछि यो जोडी दुई दिनअघि बाहिर निस्किएका थिए । सोही अवसरमा सञ्चारकर्मीले उनीहरूलाई घेरेर विवाह’bout प्रश्न गरेका थिए । परिणितीको औंलामा इंगेजमेन्टको औंठी देखेपछि उनीहरूप्रति विवाह’bout जिज्ञासा बढ्दै गएका छन् ।

सञ्चारकर्मीको कथनअनुसार राघव चड्डा र परिणिती चोपडाले परिवार र नजिकका साथीको उपस्थितिमा गोप्य इंगेजमेन्ट गरेका हुन् । यस’bout दुवैको परिवारबाट कुनै प्रतिक्रिया भने आएको छैन ।

हालै दुवै मोहालीमा भएको आईपीएल खेलको मजा लिँदै पनि देखिएका थिए । उनीहरू पञ्जाब किंग्स र मुम्बई इन्डियन्सको खेल हेर्न स्टेडियम पुगेका थिए । जहाँबाट तस्बिर भाइरल भएको थियो ।

‘इंगेजमेन्ट चर्चा’ चर्को चले पनि केही दिनअघि सोधपुछ गर्दा राघवले ‘यस विषयमा म तपाईंहरूलाई आउँदो समय जानकारी गराउँछु’ भन्दै अस्वीकार गरेका थिए ।

यसैबीच, परिणितीले पनि यस’bout खुलेर कुरा गरेकी छैनन् । ‘कतिपय कुरा गोप्य रहेकै राम्रो’ भनेर उनले शंकास्पद जवाफ दिएकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 299 times, 1 visits today)

epaper

ताजा समाचार

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब