विश्व व्यवस्थालाई चुनौती दिँदै चीन

सन् २०२१ को विश्व बैंकको रिर्पोटले नै चीनलाई विश्वको दोस्रो आर्थिक आकार भएको अर्थतन्त्रका रूपमा पुष्टि गरिसकेको छ । १७ दशमलव ७ ट्रिलियन अमेरिकी डलर भएको अर्थतन्त्र, १ सय ४२ मलुकसँग व्यापारिक कारोबार भएको मुलुक र सबैभन्दा अधिक डलर सञ्चित गरेका मुलुक चीन नै रहेको छ । आज संसारका प्रत्येक व्यक्ति कुनै न कुनै रूपमा चिनियाँ सामानको उपभोगकर्ता भएको छ ।

यस अर्थमा चीनले लिएको नीतिले प्रत्येक व्यक्तिको जीवनलाई प्रभावित गर्छ । चिनियाँ सामरिक नीतिले विश्व व्यवस्थालाई प्रभावित गर्ने सामथ्र्य राख्छ । चीन संसारका लागि उत्पादनको कारखाना नै भएको छ । त्यसर्थ, विश्व राजनीति र कूटनीतिलाई आंकलन गर्न चिनियाँ कूटनीति र रणनीति बुभ्mन आवश्यक देखिन्छ । चिनियाँहरू आप्mनो सभ्यता र संस्कृतिमा गर्व गर्छन् । संसारका प्राचीन सभ्यतामध्ये चिनियाँ सभ्यता पनि एक हो ।

सन् १८२० सम्म चीन आर्थिक र सामरिक रूपले अब्बल नै थिए । जापान, रुस र पश्चिमा शक्तिको निरन्तर र अनवरत दबाब, आर्कमण र युद्धले गर्दा चीन चरम गरिबी र पछौटेपनको सिकार हुन पुगे । चिनियाँ समाजमा लघुताभाषको भावना जागृत भयो । अपहेलित चिनियाँ समाज विश्व मूलधारबाट टाढा भए । चिनियाँ कम्युनिस्ट पार्टीले यही भावनालाई पुँजीकृत गर्दै हिंसात्मक द्वन्द्वबाट सन् १९४९ ताका एउटा नयाँ भाष्य, नयाँ सपना र नयाँ मार्गचित्रका साथ सत्तारोहण गर्दै चीनलाई अगाडि बढाए ।

सन् १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीले पार्टी र सरकारबिचको खाडल समाप्त गर्दै सरकारको सारा अंग र निकायलाई पार्टीको अधीनमा राखे ।

विश्व राजनीति र कूटनीतिलाई आँकलन गर्न चिनियाँ कूटनीति र रणनीति बुभ्mन आवश्यक देखिन्छ

चिनियाँ नीति भन्नाले कम्युनिस्ट पार्टीको नीति हुन गयो । राज्यको हरेक प्रणालीलाई दिशानिर्देशन पोलिट्ब्युरोले नै गर्ने भयो । प्रजातान्त्रिक पद्धतिमा पार्टी र सरकारबीच खाडल हुने गरेको हुन्छ । सन् १९४७ मा भारत स्वतन्त्र भएपश्चात् पार्टी र सरकारबीच दूरी स्थापना भयो । अर्थात् सरकारलाई पार्टीबाहेक नागरिक समाज, खुला प्रेस, न्यायपालिका, बौद्धिक विर्मश, धर्ना र विरोध प्रदर्शनले सरकारको नीतिलाई प्रभावित गर्ने परिपार्टी भारतमा सुरु भयो । सन् १९४९ देखि नै चिनियाँ कम्युनिस्ट पार्टी एउटा राष्ट्रिय उद्देश्यका साथ अगाडि बढेको देखिन्छ । सन् २०१३ मा राष्ट्रपति सीको सत्तारोहनका साथ चिनियाँ नीतिमा आक्रामकता देखिन्छ ।

चिनियाँ कांग्रेसको सम्बोधनका सन्र्दभमा राष्ट्रपति सीले प्रत्येक शताब्दीमा एउटा परिर्वतन हुने जिकिर गरेका छन् । राष्ट्रपति सीको अभिव्यक्ति बडो अर्थपूर्ण रहेको छ । भनाइको अर्थ पहिलो विश्व युद्धमा युद्धपछि युरोपको बाहुल्यता बढ्नु र दोस्रो विश्व युद्धपछि अमेरिका र सोभियत रुसको उदय हुनु र शीतयुद्धपछि सोभियत विघटन हुनुजस्ता घटनालाई पृष्टभूमि बनाउँदै २१औं शताब्दीको परिर्वतनले चीनलाई महाशक्तिका रूपमा पु¥याउने उनको जिकिर रहेको छ । तदनुरूप सन् २०४९ सम्म ६ प्रतिशतको विकास दरका साथ अगाडि बढेर विश्वको आर्थिक महाशक्ति बन्ने लक्ष्य चीनको रहेको छ ।

हुन त जानकार राष्ट्रपति सीको नीतिलाई प्रश्नको घेरामा राखेका छन् । चीनमा युवा शक्तिको कमी हु‘दै जान, वृद्धको संख्या बढ्नु, अमेरिका र युरोपसँगको द्वन्द्वले बजार खस्किनु र बीआरआई गुरुयोजनाको अपेक्षाकृत लक्ष्य हासिल नहुनुजस्ता कारणले चीनको आर्थिक लक्ष्य प्रत्याभूत नहुने कुरा जानकारको विश्लेषण रहेको छ । तर, चीनले आपूmलाई महाशक्तिका रूपमा उभ्याउन रणनीतिका साथ अगाडि बढिरहेको छ ।

चिनियाँ सामरिक नीतिलाई चार सूत्रबाट व्याख्या गर्न सकिन्छ । पहिलो बुँदामा चीनले शक्ति र सामथ्र्यलाई प्रचुर उपयोग गर्दै सैन्य भण्डारण अगाडि बढाएको छ । हिन्द महासागरीय क्षेत्र जिवुतीमा चीनको सैन्य भण्डारण रहेको छ भने कम्बोडिया र दक्षिण चीन सागर र पूर्वीय चीन सागर चिनियाँ सैन्य दबदबा रहेको छ ।

दोस्रो रणनीतिअनुरूप चीनले पश्चिमा गठबन्धनविरुद्ध आप्mनो पक्षमा नयाँ गठबन्धनको निर्माण गरिरहेको छ । राष्ट्रपति सी नीति ‘वेस्ट भर्सेस रेस्ट’ (पश्चिमाविरुद्ध सम्पूर्ण शक्ति) रहेको छ । चीन रसिया गठबन्धन मध्य एसियामा साउदी अरबिया र इरानसँगको गठजोड र पाकिस्तानसँगको मैत्री यसका उदाहरण हुन् । अर्थात् चीनले अमेरिकी नेतृत्वमा निर्माण भएको हरेक गठबन्धन र समीकरणलाई चुनौती दिन अगाडि बढिरहको छ । हिन्दमहासागरीय क्षेत्रमा क्वार्ड (अमेरिका, जापान, अस्ट्रेलिया) अम्स (ब्रिटेन, अमेरिका, अस्ट्रेलिया)जस्ता अरू समीकरण र गठबन्धनलाई सामरिक चुनौती दिन चीन राणनीतिका साथ अघि बढिरहेको अवस्था छ ।

चीनको तेस्रो रणनीतिअनुरूप गुमेको भूभाग फिर्ता लिनु हो । राष्ट्रपति सीले नयाँ राष्ट्रवादको भाष्य तयार गरेका छन् । यी भाष्य अनुरूप जापानको सिनकाकु टापुलाई आप्mनो अधिपत्यमा ल्याउन जापानसँग चीनको द्वन्द्व बढिरहेको छ । भारतको अरुणाचल प्रदेशका केही भूभाग दक्षिण तिब्बतको भएको दाबी चीनको रहेको छ । दाबीअनुरूप गलवानदेखि तवाङसँग चीनले बोर्डरमा सैनिक तैनाथ गरेको छ । ताइवानलाई एकीकरण गर्न चीन अमेरिकासँग टक्कर लिइरहेको अवस्था छ ।

अर्को शब्दमा भन्ने हो भने चिनियाँ कम्युनिस्ट पार्टीले सामाजमा चीनको मध्यकालीन नक्सालाई प्रत्याभूत गर्न एउटा नयाँ भाष्य र सपनाको सञ्चार गरेका छन् । चीनको चौथो नीति बीआरआई गुरुयोजना रहेको छ । ५ ट्रिलियन अमेरिकी डलरको सो गुरुयोजनाको माधयमबाट चिनियाँ लगानी र प्रविधिको माध्यमबाट ल्याटिन अमेरिका, अफ्रिका र एसियाका गरिब देशहरूमा पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको छ । अमेरिकाले यसलाई नयाँ उपनिवेशवादको संज्ञा दिएको छ । हुन तः यो शक्ति र सार्मथ्यको प्रस्तुति हो ।

सोभियत रुसजस्तो चीनले कम्युनिस्ट सिद्धान्तलाई अरू देशहरूमा निर्यात गर्न उद्दत देखिएको पनि छैन

इतिहासको चक्र यसरी नै दोहरिन्छ । १९औं शताब्दीमा युरोपले नै विकास र निर्माणको नाममा एसिया र अफ्रिकी मुलुकहरूलाई आप्mनो चपेटामा लिएका थिए । चीन मध्यकालीन युग शक्ति र सार्मथ्यको चुचुरोमा पुगे तापनि यसको नीति पृथक थियो । कुनै पनि मुलुकलाई आप्mनो अधीनमा गरेर आप्mनो शासन र प्रणालीको प्रत्यारोपण गर्दैनथ्यो । शासित प्रदेशलाई कर मात्रै तिर्नुपथ्र्यो । चिनियाँ शासनशैली पश्चिमा शासकशैलीभन्दा पृथक देखिन्छ । हुन त यसको प्रभाव वर्तमानमा पनि झलकिन्छ । सोभियत रुसजस्तो चीनले कम्युनिस्ट सिद्धान्तलाई अरू देशमा निर्यात गर्न उद्दत देखिएको छैन । कन्फ्युसियस स्कुलको माध्यमबाट प्रशिक्षण मात्रै दिने गरेको छ ।

यी चार नीतिका साथ चीनले वर्तमान विश्व व्यवस्थालाई परिर्वतन गर्दै अगाडि बढेको छ भने चीनले प्रजातान्त्रिक पद्धतिलाई पनि चुनौती दिएको छ । प्रजातान्त्रिक हुरीले गर्दा पहिलो विश्व युद्धमा संसारमा राजतन्त्रहरूको अधिकांश मात्रामा निर्मूल भएको छ भने दोस्रो विश्व युद्धपश्चात् प्रजातान्त्रिक शक्तिको कारणले नाजिवाद र फासिवादको अन्त्य भएको छ । शीतयुद्धमा प्रजातान्त्रिक जागरणको कारणले नै सोभियत रुसलगायत पूर्वीय युरोपबाट कम्युनिस्ट शासन प्रणालीको सफाया भएको छ । तर, चिनियाँ कम्युनिस्ट पार्टीलाई यी प्रजातान्त्रिक नजिर पाच्य भएको छैन ।

राष्ट्रपति सीका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको विकासको मोडेल संसारमा सबैभन्दा सर्वोत्तम रहेको छ । ८ सय मिलियन जनतालाई गरिबी रेखाबाट माथि ल्याउनु कम्युनिस्ट सिद्धान्तअनुरूप नै सम्भव भएको राष्ट्रपति सीको तर्क रहेको छ । अर्थात् संसारलाई गरिबीबाट मुक्त गराउन चिनियाँ विकास मोडेलको सार्थकतामा चीनले जोड दिएको छ । राष्ट्रपति सीको आक्रामक्ताका कारण संसारका हटस्पट (द्वन्द्व क्षेत्र)हरू चर्किने र युद्धको वातावरण निर्माण हुन सक्ने सम्भावना नर्कान सकिँदैन । जापानका सिनकाकु टापु, भारतको अरुणाचल र लद्दाख क्षेत्र र ताइवान यसका प्रतिनिधि उदाहरण हुन् । चीनको आर्थिक सामथ्र्यको आधारस्तम्भ नै पश्चिमा पुँजी, प्रविधि र बजार भएकाले गर्दा पश्चिमा शक्तिसँग द्वन्द्वलाई बढी मलजल गरेको खण्डमा चीनको आर्थिक महत्वाकांक्षा ओझेलमा पर्न सक्ने जानकारको बुझाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 451 times, 1 visits today)

epaper

ताजा समाचार

मोदीको फोन प्रधानमन्त्री बालेनलाई, भने–‘सम्भव भएसम्म सबै सहयोग गर्न तयार छौं'