अनमीको घरमा अवैध प्रसूति सेवा

कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा विनादर्ता अवैधरूपमा प्रसूति सेवा सञ्चालन गरेको पाइएको छ  । शिवराज नगरपालिकाको वीरपुर स्वास्थ्य चौकीमा कार्यरत अनमी पुनम पोख्रेलले आफ्नै घरमा नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्दै मापदण्डविपरीत प्रसूति सेवा सञ्चालन गरेको पाइएको हो ।

पहुँचका भरमा सञ्चालन गरेको प्रसूति सेवाको कसैले विरोध गर्न सकेका छैनन् । श्रीमानको संरक्षणमा उनले वर्षाैदेखि बिनादर्ता अवैध रूपमा प्रसूति सेवा सञ्चालन गरिरहेको पाइएको एक स्थानीयले बताए ।

स्वास्थ्य चौकी वीरपुरमा २४ सै घण्टा प्रसूति सेवा सञ्चालन भए पनि उनले आफ्नै घरमा बिनादर्ता प्रसूति सेवा सञ्चालन गर्दै आएकी हुन् ।

शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले पटक–पटक गुनासो आएपछि सेवा सञ्चालन नगर्न वा दर्ता प्रक्रिया पूरा गर्न बारम्बर सुझाएको बताए । आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७८ ले घरमा हुने प्रसूति कार्य शून्यमा ल्याउने नीति अवलम्बन गरेको छ ।

यता अनमी पोख्रेलले तालिम लिए पनि घरमा प्रसूति सेवा नदिएको जिकिर गरिन् ।

अरूले आरोप लगाए पनि आफूले कसैसँग पैसा नलिएको जनाउँदै स्थानीय भएको हिसाबले अप्ठ्यारो परेका मुस्लिम समुदायका केही महिलालाई सेवा दिएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढी उपमहानगरले गर्‍यो फोहोर व्यवस्थापनलाई औपचारिक पाठ्यक्रममा समावेश