बझाङ । तलकोट गाउँपालिका–६ की मिठ्ठीदेवी विष्टकी छोरी निशा विष्ट ४ कक्षामा अध्ययनरत छिन् । निशाले आफ्नी आमालाई मंगलबार विद्यालयमा नै ल्याइन् । आमा मिठ्ठीदेवी घरको सबै काम छोडेर छोरीको साथमा १० बजे नै विद्यालयमा आइपुगेकी थिइन् ।
केही समयपछि छात्रछात्रा लामबद्ध भए । उनीहरूका अभिभावक भने दर्शक । त्यसपछि लामबद्ध बालबालिकाको स्वास्थ्य परीक्षण सुरु भयो । विद्यालयमा अध्ययन गर्ने बालबालिका कुपोषित छन्, छैनन् ? उनीहरूको नाक, कान, आँखा, दाँत, तौल, उचाइ स्वास्थ्यको अवस्था’bout स्वास्थ्यकर्मीले परीक्षण गर्न सुरु गरे ।
निशाको पालो आयो । विद्यालयका प्रधानाध्यापक लोकनाथ जोशीले निशाको फाइल निकाले । उनको विद्यालयमा भर्ना भएदेखिको स्वास्थ्य अवस्था र शिक्षा अवस्था’bout फाइलमा लेखिएको थियो । सो कुरा’bout निशाकी आमालाई जानकारीसम्म थिएन । छोरीको स्वास्थ्यको अवस्था’bout स्वास्थ्यकर्मीको सल्लाहअनुसार प्रधानाध्यापक जोशीले निशाको आमालाई सबै कुराको जानकारी दिए । उनले शिक्षाको अवस्था’boutमा समेत जानकारी गराए ।
मिठ्ठीदेवी छोरीको स्वास्थ्य र शिक्षाको अवस्था’bout बुझेर दंग परिन् । ‘मैले घरबाट छोरीलाई विद्यालयमा पठाउँथे । उसको स्वास्थ्य र शिक्षा कस्तो छ भन्नेतर्फ कहिले पनि ध्यान दिएको थिइनँ,’ मिठ्ठीदेवीले भनिन्, ‘घरको भन्दा बढी छोरीको ख्याल विद्यालयले राखेको रहेछ । यत्तिको ख्याल अभिभावकहरूले राखेको भए कसैका छोराछोरी बिरामी हुने, कुपोषित हुने, शिक्षामा कमजोर हुने तथा कुलतमा फस्ने डर हुँदैन । विद्यालयको कमजोरीभन्दा अभिभावकको कमजोरी बढी भएको लाग्यो । कसका छोराछोरी कस्ता छन् भनेर विद्यालयले प्रत्येक विद्यार्थीको व्यक्तिगत फाइल नै तयार पारेर राखेको रहेछ । मेरो छोरीको शिक्षा र स्वास्थ्यको अवस्था राम्रो भएको विद्यालयमा आएर जानकारी भयो ।’
यस विद्यालयमा सबै अभिभावकले आआफ्ना छोराछोरीको स्वास्थ्य र शिक्षाको अवस्था’bout जानकारी पाउँछन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर विष्टले विद्यालयको शैक्षिक सुधारका लागि आईडीएस नेपालदेखि तलकोट गाउँपालिकाले सहयोग गर्दै आएको बताए । उनले भने, ‘शिक्षाको गुणस्तर सुधारका लागि त्रिपक्षीय सहमति र समझदारी हुन आवश्यक छ ।’
बझाङ जिल्लाभरि रहेका सबै सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण गरिँदै छ । दुईवटा नगरपालिका र १० वटा गाउँपालिकामा रहेका ४ सय ५५ वटा विद्यालयमा अध्यनरत सबै बालबालिकाको स्वास्थ्य परीक्षण गरिनुका साथै जुकाको औषधि खुवाइन् लागेको आईडीएस नेपालमा कार्यरत तलकोट गाउँपालिकाका सुपरभाइजर लोकेन्द्र विष्टले बताए ।
आईडिएस नेपालको समन्वय तथा पालिकाको आयोजनामा तल्कोट गाउँपालिकाका ६ वटा विद्यालयमा पोषण सप्ताह धुमधामका साथ मनाइन लागेको छ ।
यता सुर्मा र साईपाल गाउँपालिकामा रहेका विद्यालयमा भने पोषण सप्ताह मनाइएको छैन । यी पालिकामा अध्ययनरत केही विद्यार्थी यार्सा टिप्न लेकतिर गएका कारण पोषण सप्ताह नमनाइको हो ।