जर्मन लिगमा बोरुसिया डर्टमण्ड शिर्ष स्थानमा

डर्टमण्ड । जर्मनीको शिर्ष डिभिजनको लिग फुटबल प्रतियोगिता बुन्डेस लिगामा बोरुसिया डर्टमण्ड शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा अग्सवर्गलाई ३–१ ले हराउँदै डर्टमण्डले शिर्ष स्थानको बायर्न म्युनिखलाई उछिनेको हो ।

आइतबार भएको खेलमा आर.बी लेप्जीगसँग पराजित भएपछि बायर्न म्यनिखको उपाधि होड कमजोर बनेको थियो । लिगमा अब एक चरणका खेलहरु मात्रै बाँकी छन् । अहिलेसम्म ३३ खेलबाट ७० अंक जोडेको डर्टमण्ड शिर्ष स्थानमा रहँदा ६८ अंकसहित बायर्न म्युनिख दोस्रो स्थानमा छ ।

लिगको अन्तिम खेलमा आगामी शनिबार डर्टमण्डले मैन्जको सामना गर्दा बायर्न म्युनिखको भिडन्त एफ.सी कोल्नसँग हुनेछ । जर्मन लिगको उपाधि सन् २०१२ देखि लगातार बायर्न म्युनिखले जित्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 249 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : जीवित भेटिने आशा टरेपछि कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि