दर्शन सलामलाई दुई करोड भ्युज

काठमाडौं । संगीतकार दीपक शर्माको पछिल्लो गीत दर्शन सलाम…ले छोटो समयमै दुई करोडभन्दा बढी भ्युज पाएको छ । चलचित्र छक्का पञ्जा ४ को यो गीतल् दुई करोड भ्युज पाएको अबसरमा उनले यस्तै करोड भ्युज पाएका ६ वटा चलचित्रका ६ वटा गीतहरु सँग्रह बजारमा ल्याएका छन् । आफुले संगीत दिएको चलचित्र गीतहरुको सँग्रह ‘दीपक शर्माका करोड क्लब चलचित्र गीतहरु’ सार्वजनिक गरेका हुन् । उनले चार दर्जन भन्दा बढी चलचित्रमा संगीत गरिसकेका छन् ।

काठमाडौंमा एक समारोहबीच आईतबार अग्रज गीतकारहरु राजेन्द्र थापा, शान्तिप्रिय, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य चेतन सापकोटा, संगीतकार नरहरि प्रेमी र संगीतकार दीपक आफैंले यो गीतिसँग्रहको बिमोचन गरे ।

यो सँग्रहमा दीपक शर्माले संगीत गरेका ६ वटा चलचित्रका एक करोड भन्दा बढी भ्युज भएका ६ वटै गीतहरु छन् । जसमा छक्का पञ्जा सृँखलाका तीन गीत र बाँकी अन्य तीन चलचित्रका तीन गीत छन् ।

चलचित्र छक्का पञ्जाको शन्तिप्रियको शब्द तथा कृष्ण काफ्ले र दीपाश्री निरौलाको स्वरको देखन चम्पा…, चलचित्र छक्का पञ्जा ३ को राजेन्द्र थापाको शब्द तथा डेभिड शँकर र बिन्दू परियारको स्वरको पहिलो नम्बरमा…, छक्का पञ्जा ४ को राजेन्द्र थापाको शब्द तथा डेभिड शँकर र सहिमा श्रेष्ठको स्वरको दर्शन सलाम…गीत यो सँग्रहमा छ ।

यस्तै चलचित्र मँगलमको दीपककै शब्द तथा बिन्दू परियार र कृष्ण काफ्लेको स्वरको पर्ख पर्ख मायाँलु…, चलचित्र हल्दार सुन्तलीको लेखु सहयात्रीको शब्द तथा सहिमा श्रेष्ठको स्वरको चि मुसी ची…गीतहरु पनि यो सँग्रहमा रहेको छ ।

संगीतकार दीपक शर्माले सँग्रहका ६ वटा गीतले एक करोड देखि ३ करोड भन्दा बढी भ्युज पाएको पनि उनले बताए । कार्यक्रममा जाँदा आफ्नो गीतहरुको यो सँग्रह प्रदान गर्न सजिलो हुने पनि उनले जनाए ।

तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कास्कीमा निर्वाचन सामग्री बुझेर कर्मचारी मतदानस्थलतर्फ