गणतन्त्र दिवसका अवसरमा ४ सय ८२ कैदीबन्दीलाई माफी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा ४ सय ८२ जना कैदीलाई सजाय माफी मिनाह गरेका छन् ।

आइतबार राष्ट्रपति कार्यालयले विज्ञप्तिमा जारी गर्दै जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको अवसर पारी ४ सय ८२ कैदीलाई सजाय माफी गरेको जानकारी दिएको हो ।

‘यही जेठ १२ गतेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा जेठ १५ गतेदेखि लागू हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ÷लिम्बूसमेतका ४ सय ७५ र ज्येष्ठ नागरिक उदयनारायण गिरीसमेतका सात जना गरी जम्मा ४ सय ८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० का अवसरमा माफी भएको छ,’ राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 379 times, 1 visits today)

epaper

ताजा समाचार

दूरसञ्चार प्राधिकरणले भन्यो : ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’