महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका १० सडकघाट बाट प्रहरीले लागुऔषध ( खैरो हेरोइन ) सहित दुई जना भारतीय युवक पक्राउ परेका छ्न ।
मंगलबार दिउँसो छिमेकी भारतको पिलिभित जिल्ला तहसिल पुरनपुर टिल्ला नम्बर ४ बस्ने अन्दाजी २२ वर्षका सोनु सिह र अन्दाजी वर्ष २५ का सुकदेव सिह लाई १० दसमलब ३६ ग्राम ब्राउन सुगर ( खैरो हिरोइन) सहित प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी भुडा, ईलाका प्रहरी कार्यालय बेल्डाडी र ईलाका प्रहरी कार्यालय बेलौरी को सयुक्त टोलिले भारतको टिल्ला बाट नेपाल तर्फ खैरो हिरोइन ब्राउन सुगर सहित युके ०६ बि एच 4690 नम्बरको भारतिय नम्बरको प्लाटिना मोटरसाइकलमा आउदै गरेको सूचना पाएपछी बेलौरी नगरपालिका १० सडकघाट बाट पक्राउ परेका हुन ।
पक्राउ परेका दुबैजना भारतीय युवकलाइ ईलाका प्रहरी कार्यालय बेलडाडी पठाएको प्रहरी चौकी भुडाका प्रहरी साहयक निरीक्षक राम सिह खरालले बताए । पक्राउ परेका भारतीय युवकहरुले बेलौरी नगरपालिका १० सडकघाट नजिक टिल्ला नम्बर ४ बाट लागुऔषध किनेर ल्याएको खुलेको छ ।
दक्षिणी क्षेत्रमा खुला नाका भएका कारण प्रायः जसो खैरो हिरोइन लागु औषधको कारोबार दिनप्रतिदिन बढिरहेको छ । दक्षिणी सीमा क्षेत्र नजिकका भारतीय सम्पुर्णानगर, चन्दनचौकी, खजुरिया, टिल्ला नम्बर ४, कम्बोजनगर र टाटरगन्जबाट लागुऔषध बिक्रि हुने गरेको छ ।






