बागीश्वरीमा सरकारले पुँजीगत खर्च नगरेको चिन्ता

काठमाडौं । सरकारले पुँजीगत खर्च गर्न नसकेकोमा शिक्षक विद्यार्थीहरुले चिन्ता प्रकट गरेका छन् । बागीश्वरी कलेजले शुक्रवार आयोजना गरेको आगामी आर्थिक वर्षको बजेटको विषयक अन्तरक्रियात्मक गोष्ठीमा सो चिन्ता प्रकट गरिएको हो । कलेजको अर्थशास्त्र विभागको अगुवाइमा र व्यवस्थापन संकायको आयोजनामा शुक्रवार भएको कार्यक्रममा बजेटका विविध विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा वागमति प्रदेशका सांसद एवम् कलेजका पूर्व विद्यार्थी सृजना सैंजूले नेपालको संविधानले मुलुकलाई समाजवाद उन्मुख भनेतापनि सरकारले पुँजीवादी बजेट ल्याउने गरेको दृष्टान्त प्रस्तुत गरे । उनले बजेटलाई किसान र मजदुर एवम् पिछडिएका बर्गको उत्थानका लागि नारा मात्र ल्याउने गरेको र यथार्थमा समाजको हित हुने गरी बजेट ल्याउन सरकारहरु असफल भइरहेको आरोप लगाए ।

कलेजका संयोजक ज्ञानसागर प्रजापतिले बजेटबाट सवै वर्गलाई छुने भएकाले यसवारे चनाखो हुनुपर्ने बताए । उनले सरकारले बजेटमार्फत आश्वासनहरु बाँड्ने गरेको बताउँदै हुम्लालाई सडक सञ्जालसँग जोड्ने भनेर दशकअघिदेखि निरन्तर रुपमा बजेटले झुक्याइरहेको धारणा राखे ।

शिक्षक पूणर्भक्त दुवालले बजेटका सम्वन्धमा हरेक व्यक्ति साक्षर र जानकार भएको खण्डमा मात्र सरकारले झुक्याउन नसक्ने बताए । उनले बजेटले घाटा पूर्ति गर्नका लागि अनुदानमा भन्दा कर्जामा जोड दिइरहेको र कर्जाको साँवा र व्याज तिर्न पनि पुनः कर्जा नै लिने गरेको बताए ।

शिक्षक मुरज दिदियाले बजेटमार्फत केके विषयमा कर वढ्दैछ भनेर जानकारी दिएका थिए । अर्का शिक्षक बालगोपाल श्रेष्ठले १० वर्षको बजेटलाई केलाउँदै सरकार पुँजीगत खर्च गर्न असफल रहेको बताए । प्राचार्य धनकुमार श्रेष्ठ र शिक्षक मंगलेश्वर ध्ंवजूले बजेट अन्तरक्रियाले मुलुकको यथार्थता थाहा पाउने जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 146 times, 1 visits today)

epaper

ताजा समाचार

मधेश प्रदेशमा फेला पर्‍यो काँडेभ्याकुर