जिल्ला अस्पाताल मुगुमा विरामीको चाप

मुगु । १५ शैयाको जिल्ला अस्पताल मुगुमा पछिल्लो समयमा दिनहुँ विरामीको चाप बढ्दै गएको छ । गर्मी तथा मौसम परिर्वतनका कारण गएको एक महिनायता दिनहुँ बिरामीहरु चेकचाजका लागि जिल्ला अस्पताल मुगुमा प्रति दिन १ सयभन्दा बढी विरामी आउने गरेका छन् ।

अस्पातालमा बिशेष गरेर ग्यास्टिक, शरीरमा घाउ, निमोनिया, दम, ज्वरो र रुघाखोकी, चोटपटक, प्रस्तुती सेवा लगाएत अन्य रोगका विरामी आउने गरेको जिल्ला स्वास्थ्य सेवा ब्यावस्थापक डा. कमल ढुङ्गानाले बताए । उनका अनुसार जेठ महिनामा यता गर्मी सिजन भएकाले मौसमी ज्वरो र रुघाखोकीका विरामी बढी आउने गरेको छन् ।

अस्पातालमा ३ जना बिशषज्ञ चिकित्सकको दरबन्दी भए पनि हाल खाली रहेको र एकजना मात्र एमडी स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले अन्तरगत मुगु जिल्ला अस्पातलमा हालका लागि कार्यरत हुने गरी ब्यवस्था गरेको एक विशषज्ञसहित ७ जना करार, स्थायी, छात्राबृत्ति, करार चिकित्सक गरेर आठ जना कार्यरहत रहेका छन् ।

अस्पतालमा जनरल, सर्जिकल, स्त्री तथा प्रस्तुति ओपिडी र वार्डको ब्यवास्था भए पनि १५ शैयाको अस्पाताल भएकाले दिनहुँ बिरामी अस्पातालमा खचाखच बढ्दै जाँदा बिरामी हेर्न कठिनाइ भएकोे अस्पताल ब्यवस्थापक डा. ढुङगानाले राजधानीलाई बताए ।

अस्पतालमा एक्सरे सेवा बन्द
बिधुतको खरावीका कारण एक्सरे कक्षको कमप्युटरको सप्टवयर उड्दा गएको विहीवारदेखि जिल्ला अस्पाताल मुगुमा रहेको एक्सरे सेवा बन्द रहेको छ । जिल्लामा टेक्निसियन नहुदा सप्टवयर बदल्न जिल्ला भन्दा बाहिर नेपालगञ्ज पठाउनु पर्ने बाध्य रहेको र जसका कारण एक्सरे गर्नबाट बन्चित रहेकोले बिरामीले कठिनाई झेल्नु परेको बताइएको छ ।

जिल्ला अस्पातल मुगुमा बिधुत सेवा थ्रि फेजको भए पनि बिधुत गतिल्लो रुपमा नआउने र जसका कारण अस्पतालमा भएका उपकरण चलाउन कठिनाई भएको र उपकरण उड्ने गरेको जनाईएको छ । जसको असर विरामीलाई परेको अस्पाताल श्रोतले बताएको छ ।

४८ देखि ५० थरिका औषधी बिरामीले निःशुल्क पाउने ब्यवस्था रहेको भए पनि जिल्ला अस्पताल मुगुमा प्रदेशले केही औषधि पठाए पनि अस्पतालमा नियमित रुपमा ग्यास्टिकका विरामी बढी आउने गरेकाले एसिलकलगाएत अन्य केही औषधीको अभाव रहेको अस्पाताल ब्यावास्थापक डाक्टर ढुङगानाले जनाएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 292 times, 1 visits today)

epaper

ताजा समाचार

आज लुम्बिनी र सुदूरपश्चिमबीच एनपीएल उपाधि भिड्न्त