काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फुटबल क्लबहरु बीच आपसी मिलिमतो गरि खेलहरु खेलेको हुदाँ नेपाल एपीएफ क्लब रेलिगेशनमा पुगेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गत मंगलबार सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगको २५ औँ चरणको खेलमा एक खेल अगावै च्याम्पियन बनिसकेको चर्चवाईज युनाईटेडले थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।
यसैगरी गत शनिबारको खेलमा थ्रीस्टार क्लबको बराबरी र हारले पनि ‘बी’ डिभिजनमा झर्ने समीकरण भएकोमा थ्रिस्टारले जावलाखेलसँगको आफ्नो अन्तिम खेलमा निर्धारित समय सकिनु ७ मिनेट बाँकी हुँदा पेनाल्टीमार्फत गोल गरेपछि रेलिगेशनबाट जोगिएको थियो भने सो पश्चात एपीएफ क्लब रेलिगेशनमा परेको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)