काठमाडौं । जनता समाजवादी पाटी (जसपा) नेपालले विधान अधिवेशनको तयारीलाई तिव्रता दिएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी नेतृत्वको विधान अधिवेशन मूल व्यवस्थापन समितिले विधान अधिवेशन तयारीलाई तिव्रता दिएको हो । सोमबार बसेको समितिको बैठकमा मूल समिति अन्तर्गत गठन गरिएका उपसमितिहरुले गरेका आ–आफनो तयारी र कार्य योजना’bout रिपोर्टिङ भएको थियो ।
जसपाले प्रचारप्रसार उपसमिति, भोजन तथा आवास उपसमिति, आर्थिक उपसमिमित, स्वयमसेवक परिचालन उपसमिति गठन गरेको छ ।
जसपाले विधान अधिवेशनलाई मितव्ययी रुपमा सम्पन्न गर्ने योजना बनाएको छ । जसअनुसार खाना र खाजाको व्यवस्था आयोजक समितिले गर्ने र आवासको व्यवस्था स्वयम् प्रतिनिधिले गनुपर्ने छ । प्रत्येक प्रतिनिधिले रु एक हजार प्रतिनिधि शूल्क बुझाउन पर्ने छ । केन्द्रीय तहका नेताहरुका लागि प्रवेश शूल्क रु पन्ध्र सय रुपैया तोकिएको छ ।