बझाङको छविसपाथिभेरा र विथ्थडचिर गाउँपालिका राजश्व चुहावट रोक्दै

बझाङ । छविसपाथिभेरा गाउँपालिका–४ कि सग्राम खत्रीले जेठ ३१ गते वडा कार्यालयबाट एउटा सिफारिस लिइन । उनलाई वडा सचिबले सफारिस लेखिदिए । सिफारिसबापतको राजस्व रकम सग्रामबाट नगद १ सय सचिबले मागे । सग्राम खत्री वडा सचिबले नगद मागेपछि अलमलमा परिन् ।

यसभन्दा २ बर्ष पहिला उनले एउटा सफारिस रकम नतिरेरै लिएका थिए । त्यसपछि उनले वडाबाट कुनै पनि सिफारिस लिएका थिएनन् । वडा सचिबले १ सय रुपैयाँ दिनुस् भन्दा उनलाई सचिवले ठट्टा गरेको जस्तो लाग्यो ।

किन १ सय रुपैया दिने ? भन्दै सचिबसँगै प्रति प्रश्न गरिन् । सचिवले वडाबाट सरकारलाई तिर्नुपर्ने कर अथवा सफारिस गरेबापत लाग्ने दस्तुर हो र यो सरकारलाई नै जान्छ भन्दै सम्झाए । उनले १ सय रुपैयाँ तिरिन । सचिबले अनलाइन रसदि खत्रीको हातमा थमाई दिए ।

खत्रीसँग सोही वडाको एकजान जान्ने बुझ्ने ब्यक्ति सिफारिका लागी वडा पुगेका थिए । वडा सचिबले सफासिर दिदैँ रकम तिर्न भने र अनलाईन राजस्व तिरेको भौचर उनको हातमा थमाई दिए । उनले मिलाउनुस् भनेर सचिबलाई नगद दिन आलटाल गरे । पहिलाका सचिबहरु त्यत्तिकै पनि दिनुहुन्थ्यो तपाई अहिले रकम लिने भन्दै सचिबमाथि जाई लागे ।

सचिबले उनलाई सम्झाउदै पहिला वडा कार्यलयमा नगदि रसिद हुन्थ्यो । हातले काटेर दिनहुन्थ्यो । अहिले अनलाइन सिस्टम छ । अनलाइनमा पालिकाका कर्मचारीदेखि कोष तथा लेखा नियन्त्रक कार्यालय र मातहतले पनि राजश्व तिरे नतिरेको थाहा पाउन्छन् । त्यसैले पहिला जस्तो छैन । अहिले अनिवार्य रुपमा सिफारिस गरेवाफतको दस्तुर तिर्न पर्छ ।

वडा ४ का सचिव लोकराज कठायतले भने ‘पहिला सम्पूर्ण वडा कार्यालयमा नगदी राजश्व ठेली नै हुन्थ्यो । कसैले काट्ने कसैले नकाटेर त्यत्तिकै सफारिस गर्ने गरेका थिए । सेवाग्राहीहरुले पनि राजश्व तिर्नुपर्छ भन्ने सोच कम थियो । सोझा साझा सेवाग्राहीहरु भन्दा अलि बुझेकाहरुले पनि राजश्व तिर्न आनाकानी गर्ने परम्परा थियो । सर्वसाधारण नागरिक तथा सेवाग्राहीले नगदी राजश्व ठेलीबाट रसिद काटेर दिँदा पनि यो पैसा सचिवले नै खान्छन् भन्ने मानिसिकता थियो ।

अहिले अनलाइन सिस्टमबाट राजश्व तिर्नुपर्ने र अनलाइन राजश्व तिरेको भौचर दिने भएपछि सेवाग्राही पनि ढुक्क हुन्छन् । राजश्व चुहावट हुदैन भनेर । आफूले तिरेको राजश्व सही ठाउँमा सदुपयोग हुन्छ भनेर । पहिला भन्दा अहिले आफुहरुलाई काम गर्न पनि निकै सहज भएको उनले बताए ।

वडा नम्बर ४ मा मात्रै नभई छविसपाथिभेरा गाउँपालिकामा स्थानीय संचित कोष ब्यावस्थापन प्रणालीको राजश्व मोडुल लागू गरिएको छविसपाथिभेरा गाउँपालिकाका लेखापाल मुकेश कुमार थापाले बताए । उनले भने ‘यसले चुहावट राजश्वलाई कम गरी पारदर्शिता बढाउन्छ ।’ अहिले कुन वडाबाट कति राजश्व उठेको छ भनेर प्रत्यक दिनको हिसाब किताब सजिलै गर्न सकिने भएकाले पारदर्शितासमेत बढाएको बताए ।’

स्थानीय संचित कोष ब्यावस्थापन प्रणालीको राजश्व मोडुल छविसपाथिभेरा गाउँपालिकाले मात्रै नभई विथ्थडचिर गाउँपालिकाले समेत लागु गरेको गाउँपालिकाका लेखापाल रामचन्द्र धामी (आर.सि.) ले बताए । उनले भने ‘स्थानीय संचित कोष ब्यावस्थापन प्रणालीको राजश्व मोडुल लागु नहुँदा हातले नगदि रसिद ठेली मार्फत राजश्व उठाउनु पर्ने अवस्था हुन्थ्यो ।

कस्ले दियो ? कति दियो भनेर त्यो ठेली हेरेर तिरेको रसिदको ओसि हेरेर हिसाब मिलान गर्नु पर्ने अवस्था हुन्थ्यो । यसमा लामो समय समेत लाग्ने भएका कारण अहिले सयमको समय बचत भएको र दिमाग समेत खियाउनु पर्ने परिस्थिती सृजना नभएको बताए । कतिपय ठाउँमा ठेली नै हराउने रकम नै हिनामिनहुने जस्ता समाचार हामीले सुन्दै आएका थियौ । स्थानीय संचित कोष ब्यावस्थापन प्रणालीको राजश्व मोडुलले त्यसको समेत अन्त्य गरेको बताए’।

यो दुई वटा पालिकाले मात्रै नभई जिल्लामा सबै पालिकाहरुले सिको गरी ब्यावहारमा लागु गर्न जरुरी रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय बझाङका कार्यलय प्रमुख कोष नियन्त्रक शेर बहादुर विष्टले बताए । उनले भने ‘स्थानीय संचित कोष ब्यावस्थापन प्रणालीको राजश्व मोडुल पहिला थिएन । देश भरीका ७५३ वटै स्थानीयतहहरुलाई राजश्वमा पारदर्शिता तथा चुस्त दुरुस्त गरुन भन्ने उदेश्यले महालेख नियन्त्रक कार्यालयले स्थानीय संचित कोष ब्यावस्थापन प्रणालीको राजश्व मोडुल लागु गरेको छ ।

अर्को आर्थिक बर्षमा सबै पालिकामा अनिवार्य लागु गर्ने कोष नियन्त्रक कार्यलयको लक्ष्य रहेको जानकारी दिए । यस बर्ष बझाङका १२ वटा स्थानीय तहहरु मध्ये २ पालिका विथ्थडचिर र छविसमा लागु गरीएको छ । बझाङमा ईन्टरनेटको समस्या हुने भएका कारण लागु गर्न चुनौति हुने बताउदै उनले बैक र पालिका विच समन्वय तथा अन्तर सम्बन्ध हुन जरुरी रहेको समेत बताए । यसका लागी महालेखा नियन्त्रक कार्यलयले बैंक संग छलफल तथा समन्वय गरी रहेको बताए । उनले पहिला जसले जे गरेरनि हुने नगदी रसिद नै गायब हुने राजस्वमा ठुलो छलकपट तथा चुहावट हुने गरेको थियो ।

पालिकाले नगदि रसिद दिएपनी वडामा कार्यरत सचिब तथा अन्य कर्मचारीहरुले अर्को नक्कली नगदी ठेली बनाएर रकम हिनामिन गर्ने गरेका थिए । अब यो सिस्टममा ईन्ट्री भएपछी उक्त ईन्ट्री भएको रकम दाखीला अनिवार्य गर्नु पर्ने हुन्छ । जसका कारण राजश्व रकम चुहावट नहुने र त्यसको अन्त्य हुने बताए’।

स्थानीय संचित कोष ब्यावस्थापन प्रणालीको राजश्व मोडुलको सहजीकरण तथा प्रशिक्षण छविसपाथिभेरा गाउँपालकाका लेखापाल मुकेश कुमार थापा, दुर्गाथली गाउँपालिकामा कार्यलय प्रशासन सहायक पाँचौ तहमा कार्यरत विशाल बहादुर सिहँ र विथ्थडचिर गाउँपालिकाका लेखापाल रामचन्द्र धामीले गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 312 times, 1 visits today)

epaper

ताजा समाचार

अस्तित्वका लागि मिल्दै वामपन्थी