शितगंगा नगरपालिकालाई विपद व्यवस्थापन र सुरक्षित गर्भपतन गराउने सामाग्री

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा विपद् व्यवस्थापन सामग्री, सुरक्षित गर्भपन गराउने स्वास्थ्य सामग्री र बाँदर धपाउने यन्त्र वितरण गरिएको छ । आइपास नेपालको आर्थिक सहयोगमा नगरपालिका भित्र रहेका १४ वडामा बाढी पहिरो, आगलागी र अन्य दुर्घटना लगायतका विपतहरुबाट स्थानीयलाई बच्न र बचाउनेको लागि लाइफ ज्याकेट,हेल्मेट,स्टेचर,गमबुट लगायकात सामाग्रीहरू नगरप्रमुख छविलाल पौड्ेल र उपप्रमुख गिता भाट मार्फत वडा अध्यक्षलाई वितरण गरिएको संस्थाका संरक्षक बाबुराम पौडे्लले बताए ।

सुरक्षित गर्भपन गराउने स्वास्थ्य सामग्री ६ वटा वडाका स्वास्थ्य चौंकीलाई वितरण गरिएको संस्थाका संयोजक खेमराज खनालको भनाइ छ। बाँदर धपाउनको लागि यन्त्र पनि वितरण गरिएको बताइएको छ ।करिव ११ लाख बराबरको सामाग्री हस्तान्तरण गरिएको संयोजक खनालले बताए ।

कार्यक्रममा बोल्दै शितगंगा नगरपालिका प्रमुख छविलाल पौड्ेलले नगरपालिका भित्र आइपास मार्फत विभिन्न चरणमा तालिम संचालन गरेको र वडागत आवश्यकताका आधारमा विपतजन्य सामग्री र स्वास्थ्य सामग्री नगरपालिकालाई सहयोग गरेमा संस्था लाई धन्यवाद दिए।
आवश्यतता तथा पहिँचान मार्फत छनोट भएका सामग्रीले भैइपरी आउने समस्या लाई समधान गर्ने नगरउपप्रमुख गिता भाटले बताइन ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा संकटको चर्चाबीच दाहाल–ओली दुई घण्टा भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमाले विजयी