बबिता र मनोजको प्रेम विवाहमा नाटकीय मोड

राजविराज । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ की बबिता इसर र विष्णुपुर गाउँपालिका ६ का मनोज रामबीचको अन्तरजातिय प्रेम विवाह नाटकीय र नयाँ मोडमा पुगेको छ ।

दुबै पक्षका अभिभावकद्वारा एक अर्कामाथी किर्ते गरी बबिताको नक्कली जन्म दर्ता प्रमाणपत्र बनाइएको आरोप प्रत्यारोप चलिरहँदा तेश्रो पक्ष वडा कार्यालयको प्रवेश भएको छ । वडा कार्यालयको यो घटना क्रममा प्रवेशसँगै मनोज र बबिताको प्रेम विवाह नाटकीय मोडमा पुगेको छ ।

दुबैको अभिभावकले एक अर्कामाथी अग्निसाइर कृष्णासवरण गाउँपालिकाबाट बबिताको नक्कली जन्मदर्ता निकालिएको आरोप प्रत्यारोप गरिरहेका बेला शनिबार वडा कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरि मनोजका आफन्तले वडा कार्यालयबाट लिएको भनिएका बबिताको जन्मदर्ता नक्कली भएको दाबी गरेको छ ।

वडाअध्यक्ष तेजनारायण यादवले वडा कार्यालयका कार्यालय सहयोगि देवकान्त चौधरीलाई प्रलोभनमा पारी मनोजका आफन्त नारायण राम भन्ने व्यक्तिले किर्ते गरी अर्को जन्म दर्ता निकालेर कपिलबस्तु जिल्ला अदालतमा पेश गरेको र सोही आधारमा उनको कोर्ट म्यारेज भएको खुलासा गरेका छन् ।

१५ हजारको प्रलोभन देखाएर किर्ते जन्म दर्ता निकालिएको वडा कार्यालयको प्रष्टोक्ती

पत्रकार सम्मेलनमा कार्यालय सहयोगि देवकान्तले नारायण भन्ने व्यक्तिले आफूलाई १५ हजार रुँपैया दिने प्रलोभन देखाई पुरानो मितिमा बबिताको जन्म दर्ता गर्न लगाएको र आफू प्रलोभनमा परी त्यसको जालमा फसेको बताएका छन् ।

बबिताका अभिभावकले प्राप्त गरेको जन्मदर्ता अनुसार हाल बबिताको उमेर १३ वर्ष मात्र देखिन्छ । तर, सोही कार्यालयबाट नारायणले उमेर बढाउने गरी निकालेको अर्को जन्म दर्ता प्रमाणपत्रबाट बबिताको उमेर २१ वर्ष देखाउछ ।

बबिता र मनोज दुबैको अभिभावक भने एक अर्कामाथी किर्ते गरी जन्मदर्ता निकालेको आरोप लगाउँदै गरेको बेला वडा कार्यालयले यस्तो खुलासा गर्दै बबिताका अभिभावकले प्रस्तुत गरेको जन्मदर्ता नै सक्कली भएको दाबी गरेको छ ।

पत्रकार सम्मेलनमा उपस्थित वडा सचिव रमेश घिमिरेले हाल अपहरण तथा शरीर बन्धक मुद्दामा पूर्पक्षका लागि राजविराज कारागारमा रहेका मनोजलाई जोगाउन उनका आफन्त नारायणले बुनेको योजनामा पैसाको प्रलोभनमा परी कार्यालय सहयोगि देवकान्त फसेको सुनाए ।

देवकान्तलाई १५ हजार दिने प्रलोभन देखाई पुरानै मितिमा उमेर बढी देखाउने गरी नारायणले जन्मदर्ता गर्न लगाएको र तेजनारायणले फारमभरी ल्याएको कागजमा विश्वासमा परी सिफारिस गरेको वडा सचिव घिमिरेले बताए । कार्यालय सहयोगि देवकान्तले गल्ति स्वीकार्दै भने, “१५ हजार दिन्छु भन्दै लोभ देखाएर पुरानै मितिमा जन्मदर्ता आवेदन दर्ता गर्न लगाए, तर प्रमाणपत्र लिएर गइसकेपछि १५ पैसा पनि नदिई टाप कसे ।” पत्रकार सम्मेलनमा उनले पनि आफूबाट ठूलो गल्ति भएको स्वीकार गरेका छन् ।

बबिताका बुवा ललित इसरले जिल्ला प्रहरी कार्यालय सप्तरीमा छोरीलाई वेपत्ता बनाएको भन्दै मनोज बिरुद्ध अदालतमा अभियोगपत्र दर्ता गराएपछि न्यायधिश रमेश प्रसाद ज्ञवालीको इजलाशले पुर्पक्षका लागि राजविराज कारागार चलान ग¥यो । मनोज अहिले राजविराज कारागारमा छन् भने बबिता उनकै घरमा बस्दै आएकी छिन् । उनी श्रीमान मनोजको रिहाईका लागि सडक आन्दोलनमा छिन् । बबिता र उनका श्रीमान मनोजका आफन्त दिनहुँ जसो अहिले सदरमुकाम राजविराजमा प्रहरी र अदालत बाहिर प्रदर्शन गर्ने गरेका छन् ।

बबिता भन्छिन, “मेरो अपहरण भएको होइन, राजिखुशीले मनोजसँग प्रेम विवाह गरेकी हुँ ।” उनले आफ्नो बिहे गर्ने उमेर पुगेको दाबी गर्दै जातिय आधारमा भेदभाव गरिएको र झुठो मुद्दा लगाएर श्रीमान मनोजलाई जेल पठाइएको भन्दै रिहाई नगरिएसम्म संघर्ष गरिरहने बताउँदै आएकी छिन् । उनले आफ्नो माइती पक्षले उमेर देखाउने गरी बनाएको जन्मदर्ता प्रमाणपत्र नक्कली भएको दाबी समेत गर्दै आएकी छिन् ।

यसरी दुई किसिमको फरक फरक जन्मदर्ताको आधारमा गरिएको निर्णयले वडा कार्यालयसँगै अदालत समेत विवादमा मुछिएको छ । बबिताको ससुराली पक्षले पेश गरेको जन्मदर्ताको आधारमा कपिलबस्तु जिल्ला अदालतले विवाहदर्ता गरिसकेको छ भने माइती पक्षले पेश गरेको जन्मदर्ता प्रमाणपत्रको आधारमा सप्तरी जिल्ला अदालतले मनोजलाई पूर्पक्षका लागि कारागार चलान गरिसकेको अवस्था छ ।

अधिकांश स्थानियले भने बास्तविक्ता अर्कै रहेको बताएका छन् । अपहरण नभई ३ वर्ष पुरानो प्रेम सम्बन्धलाई दुबै जोडीले अन्तरजातिय विवाहको रुप दिइएको स्थानियको भनाई छ । स्थानिय भन्छन्, “उच्च जातिका भएका केटीका आफन्तले दलित केटोसँग भएको विवाह स्वीकार गर्न तयार नहुँदा यस्तो अवस्थाको सिर्जना भएको हो । यद्दपी केटीको विहे गर्ने उमेर भने कानुनले तोके अनुसारको नपुगेको अधिकांश स्थानियको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 5,181 times, 1 visits today)

epaper

ताजा समाचार

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ