जसपा नेपालको बिद्यान अधिवेशन आजबाट

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को आजवाट बिधान अधिवेसन सुरू हुदैँछ । आज देखी सुरु हुने बिधान अधिवेसनको अन्तिम तयारी तथा मस्याैदा बिधान अनुमोदनका लागि हिजो केन्द्रिय समिति बैठक बसेको थियो । उक्त बैठकले मस्यौदा बिद्यानलाई अनुमोदन गरे पछि आजको बिद्यान महाधिवेसनमा पेश हुन लागेकाे हाे ।

सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार साे अधिवेसन आज देखी नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु हुनेछ । संघीय परिषद खारेज गरिएको प्रस्तावित बिद्यानमार्फत जसपा नेपाल पुनः एकल नेतृत्वतर्फ फर्किदै छ । 

आजको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी हुदैँछन । 

विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । ११ गते यसरी सहभागी भएका प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ । र, १२ गते  विधानमाथि नेताहरुले धारणा राख्ने गरी कार्यतालिका बनाईएको छ । पटक पटक सर्दै आएको सो बिद्यान अधिवेसन यसअघि चैत्र २७, २८ र २९ गते गर्ने निर्णय गरेको थियो । 

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयरबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी !