पोखरा । पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन हुने भएको छ । यसअघि रोकिएको सम्मेलन यही असार १५ र १६ गते गर्ने आन्तरिक तयारी गरिएको छ । यसअघि गत जेठ १० र ११ मा हुने भनिएको सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू आउन नसक्ने बताएपछि सम्मेलन अन्तिम समयमा आएर रोकिएको थियो ।
यसपालि मुख्यमन्त्रीहरुको सम्मेलनको आन्तरिक तयारी गरिएको गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले पुष्टि गरिन् । उनले भनिन्, ‘सम्मेलनको तयारी आन्तरिम रुपमा भइरहेको छ । पहिले पनि हुने भनिएको सम्मेलन एक्कासि रोकिएको थियो ।’ प्रदेशले गरेका उपलब्धि र अधिकारका विषयमा छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन हुन लागेको उनको भनाइ छ ।
सम्मेलन पोखराको बिरौटास्थित पाँचतारे होटल ग्राण्डमा हुनेछ । सम्मेलनमा कुन प्रदेशले के कसरी काम गरिरहेको छ र कार्य अनुभव आपसमा साटासाट गर्न सम्मेलन फलदायी बन्ने सरकारको अपेक्षा छ ।






