जारीको सफलतापछि रामबाबुको राजागन्जमा पनि दयाहाङ

काठमाडौं । निर्माता रामबाबु गुरुङले चलचित्र जारीको सफलतापछि आफ्नो अर्को चलचित्र ‘राजागन्ज’मा अभिनेता दयाहाङ राईलाई अनुबन्धित गरेका छन् । यो चलचित्रलाई दीपक रौनियारले निर्देशन गर्ने भएका छन् । ‘हाइवे’ तथा ‘ह्वाइट सन’ निर्देशन गरेका दीपकलाई यो चलचित्रमा रामबाबुले निर्देशकको जिम्मा दिएका छन् ।

चलचित्र राजागन्जको निर्माण घोषणा आईतबार गरिएको छ । यो चलचित्रमा दयाहाङसँगै पूर्व मिस नेपाल एवं अभिनेत्री निकिता चाण्डक, आशा मंगराती, ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल तथा पुष्पा यादवको अभिनय रहनेछ । सन् २०१७ कि मिस नेपाल निकिता चाण्डकले ‘साङ्लो’पछि यो चलचित्रमा काम गर्न लागेकी हुन् ।

आदि फिल्मस् र बासुरी फिल्मस् प्रोडक्सनको संयुक्त प्रस्तुति रहने सिनेमाको छायांकन १२ साउनबाट सुरु हुनेछ । यसै साताबाट अभिनेता दयाहाङ चलचित्र हात्तिछापको छायांकनमा व्यस्त हुने भएकाले उनले साउनको दोस्रो साताबाट यो चलचित्रको छायांकनमा समय दिने भएका छन् ।

जारीको सफलतापश्चात् सोही ब्यानरबाट यो फिल्म बनाउन लागेको रामबाबुले भने,‘ यो सिनेमा नेपाली सिनेमा क्षेत्रका लागि कोसेढुंगा हुनेछ र म यो सिनेमाले बाँसुरी फिल्मस्को गरिमा बढाउन सहयोग गर्ने कुराले खुसी छु,’ उनले भनेका छन् । रामबाबुले भने आफ्नो निर्देशनमा चाँडै नै कबड्डी ५ सुरु गर्ने भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

epaper

ताजा समाचार

आज साउने सङ्क्रान्ति पर्व